२०८० मंसिर २२, शुक्रबार | Fri, 08, Dec, 2023

सामाजिक जागरण र पर्यटन प्रवर्द्धन गर्न सप्ताह

  • २०८० बैशाख १९, मंगलबार मा प्रकाशित ७ महिना अघि
  • २५५ पाठक संख्या
  • धुलिखेल नगरपालिका ११ पातलेखेत स्थित स्टोन पार्क नजिकै रहेको पञ्चकन्या देवीको मन्दिर परिसरमा वैशाख २९ गतेदेखि जेठ ४ गतेसम्म सप्ताह आयोजना गरिएको छ ।

    सामाजिक जागरण र पर्यटन प्रवर्द्धन गर्न सप्ताह आयोजना गर्न लागिएको सप्ताहका लागि चर्चित कथा बाचक शिरोमणि पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गर्नुहुने समितिका सचिव विष्णु तिवारीले जानकारी दिए ।

    हरेक दिन घर परिवारमा दुख दिने, गाई बस्तु मर्ने, घरका व्यक्तीहरु निरन्तर बिरामी भइरहने, केही व्यक्तिहरूमा देविमाताको स्वरुप देखिने भएपछि स्थानीय कमल परियारको अगुवाईमा पञ्चकन्या मन्दिर स्थापना गरिएको थियो । मन्दिर बनाई नियमित पूजा गर्दा सङ्कट हट्दै गएको उनको भनाई छ ।

    सप्ताहको लागि मन्दिरको प्रचार प्रसार तथा स्थानीय क्षेत्रको प्रवर्द्धनका लागि स्थानीयहरुले १ सय ८ सदस्यीय मूल समारोह समिति निर्माण गरेका छन् ।

    सप्ताहका लागि विभिन्न १३ वटा उप समिति गठन भएको छ । समितिमा संयोजक कमल परियार, सचिव विष्णु तिवारी, कोषाध्यक्ष सरोज तिवारी रहेका छन्् । करिब २५ लाख रुपैयाँ खर्च हुन सक्ने प्रारम्भिक खर्च तथा आम्दानीका लागि स्थानीयहरुले योजना तयार गरी प्रचार प्रसार सुरु गरेको प्रचार प्रसार उप समितिका संयोजक एवं पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिनाले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस