२०८० फागुन ११, शुक्रबार | Fri, 23, Feb, 2024

नमोबुद्ध नगरपालिकाको ‘जनताको सेवामा १ बर्ष’ सार्वजनिक

  • २०८० जेष्ठ ११, बिहिबार मा प्रकाशित ९ महिना अघि
  • १०३ पाठक संख्या
  • नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिहरुले एक बर्षको कार्यसम्पादनको समिक्षा गरेको छ ।

    एक वर्षको अवधिमा गरिएको कामको सम्पादनका बारेमा नगरपालिकाका प्रमुख कुन्साङ लामाले सरोकारवाला निकाय र पत्रकारहरुको विचमा एक वर्षको कार्य समीक्षाबारे प्र्रगति प्रस्तुत गरे ।

    एक वर्षको कार्य सम्पादनमा स्वास्थ्य सेवा अन्र्तगत रक्तचाप, सुगर अल्कालीन, प्रोटिन परीक्षण निःशुल्क र एक वर्षसम्म निःशुल्क औषधिको व्यवस्था, १८ वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणको सुरुवात, मेथिनकोट अस्पतालबाट थप परीक्षण गरी एक वर्षसम्म औषधिसमेत निःशुल्क उपलब्ध गराइने व्यवस्था तथा नगरपालिकाका ११ वटै वडाका विभिन्न १०७ स्थानबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

    त्यस्तै पूर्ण अशक्त वर्ग, बैंकिङ सेवासम्म पुग्न नसक्ने लाभग्राहीहरूलाई चौमासिक रुपमा भत्ता वितरण गर्न वित्तीय संस्थाहरूसँग समन्वय र सहकार्य गरी घरदैलोमा नै घुम्ती बैंकिङ सेवा उपलब्ध गराउने गरेको छ । नगरपालिकाले बालमैत्री स्थानीय शासन सुरुवात गरिएको, बालमैत्री स्थानीय शासन अध्ययन गर्न नेपालको पहिलो बालमैत्री नगर सुनवल पुगेर बालमैत्री नगर घोषणाको तयारी, यसको दिगोपनालगायत विविध पक्षबारे जानकारी लिएको, नगर भित्रका सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वटा वडामा बालमैत्री वडा समिति र बाल अधिकार वडा समिति पुनर्गठन भइसकेको जनाएका छन् ।

    त्यस्तै नगरपालिकामा यस बर्ष विभिन्न वडामा सञ्चालन भएका १ सय १३ योजनाहरु सम्पन्न भएको तथा चालु खर्च ५४ दशमलब २९ तथा पुँजिगतमा ३२ दशमलब ७० प्रतिशत गरी कुल ४६ दशमलब २६ प्रतिशत प्रगति भएको जनाएको छ । त्यस्तै न्यायिक समितिमा अघिल्लो आर्थिक बर्षका बाँकी १९ उजुरी मध्ये ११ वटा उजुरी पछ्र्योट गरिएको तथा यस आर्थिक बर्षमा परेका २२ वटा उजरी मध्ये १३ वटा उजुरी पछ्र्योट भएको नगरपालिकाले जनाएको छ ।

    एक बर्षे समिक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले नमोबुद्धमा जनप्रतिनिधीले गरेका कामका बारेमा विपक्षीले पनि विरोध गरेको नसुनिएको प्रतिकृया दिए । ‘नमोबुद्ध नगरमा हुने कार्यक्रममा देखिने उपस्थिती, समर्थन देख्दा यहाँका जनप्रतिनिधीले गर्नुभएको काम र कार्यशैली प्रष्ट देखिन्छ, यहाँका काम र कार्यशैलीका बारेमा विपक्षीले पनि विरोध गरेको सुनिएन,’ प्रमुख दिपक गौतमले भने, ‘एक बर्ष अघि आजकै दिन नगर प्रमुख कुन्साङ लामा, उपप्रमुख रत्नबहादुर लामा लगायत जनप्रतिनिधीलाई पेश्की बधाई दिएको थिए, १ बर्षको अवधीमा गरेका काम देख्दा र सुन्दा त्यो पेश्की फच्र्यौट भयो । ’

    जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले नमोबुद्ध नगरपालिकाको कार्यशैलीबाट सबैले सिक्नुपर्ने प्रतिकृया दिए ।

    नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले सुशासन र पारदर्शितामा नमोबुद्धले जोड दिएको पाइएको भन्दै सामाजिक विकासको क्षेत्रमा नमोबुद्धले राम्रो काम गरेको बताए ।

    नेकपा एमाले नमोबुद्धका अध्यक्ष कृष्णप्रसाद खनालले हालको नेतृत्वले राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति पुष्कर न्यौपानेले कृषक लक्षित कार्यक्रम ल्याउन नगरलाई अनुरोध गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष नवराज सत्यालले वर्तमान नेतृत्वले पारदर्शितामा जोड दिदै राम्रो काम गरिरहेको पाएको प्रतिकृया दिए ।

    कार्यक्रममा नगर प्रमुख कुन्साङ लामाले नगरपालिकाले सामाजिक विकासलाई मुख्य प्राथमिकता निर्धारण गरी सुशासनयुक्त नगरको परिकल्पना सहित कृषि, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटन, जेष्ठ नागरिक, युवा तथा महिला सशक्तीकरण, उद्यमशीलताका साथै भौतिक पूर्वाधार विकासको कार्यहरु अघि बढाएको बताए । हरेक योजना र कार्यक्रमलाई उत्पादन र उत्पादकत्व वृद्धि, रोजगार प्रवद्र्धन र आय बृद्धिसंग जोड्दै वितरणमुखी भन्दा उत्पादनमुखी कार्यक्रम संचालन गरिरहेको भन्दै उनले आहतमा परेका नगरवासीलाई राहत हुनेगरी राहत, रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा विशेष जोड दिएका बताए ।

    उपप्रमुख रत्नबहादुर लामाले एक बर्षमा जनताको सेवा र हितको लागि अधिकतम प्रयास गरिएको भन्दै केही कमजोरी भए सच्याउदै लैजाने प्रतिकृया दिए ।

    प्रवक्ता टिकाबहादुर केसीले १ बर्षको अवधीमा जनताले अनुभूती हुने काम गरेको प्रतिकृया दिए ।

    वडा नं ७ का अध्यक्ष धर्मसिं लामाले नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न प्रकृया अघि बढाइसकेको प्रतिकृया दिए । निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिराज अर्यालले पु“जीगत खर्च बृछि गर्दै विकासमा योगदान गर्न लागिएको बताए ।

    एक बर्षको प्रगति प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा जनप्रतिनिधीका अलावा नगर भरका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विद्यालय, स्वास्थ्य संस्थाका प्रमुख, प्रतिनिधीको सहभागिता थियो ।

    बजार क्षेत्रमा निशुल्क वाइफाइ

    नमोबुद्ध नगरपालिकाको बजार क्षेत्रमा निशुल्क इन्टरनेटको व्यवस्था गरिएको छ । वल्र्ड लिकं कम्युनिकेशन्ससंगको सहकार्यमा नमोबुद्ध नगरपालिकाले वी.पी. राजमार्गको नौबिसे चोक, भकुण्डे बजार देखि बुच्चाकोट सम्मका ६ स्थानमा फ्रि वाइफाइको व्यवस्था गरिएको हो । जनप्रतिनिधी निर्वाचित भएको १ बर्ष पुगेको उपलक्ष्यमा सो घोषणा गरिएको हो । बिहिबार एक कार्यक्रमका विच जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, नगर प्रमुख कुनसाङ लामा र वल्र्ड लिंकका बागमती प्रदेश म्यानेजर निकेश अधिकारीले सेवा शुभारम्भ गरे । नमोबुद्ध देखि काक्रे बजार सम्मको क्षेत्रमा पनि छिट्टै व्यवस्था गर्ने नगरपालिकाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस