२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

त्रिवेणी ब्यापारकम्पनीको स्वास्थ्य संस्थामा रेफ्रिजिरेटर सहयोग 

  • २०८० जेष्ठ १०, बुधबार मा प्रकाशित ९ महिना अघि
  • १८२ पाठक संख्या
  • त्रिवेणी ब्यापार कम्पनी प्रा लि ले व्यवसायको समाजिक उत्तरदायित्व (Corporate Social Responsibility, CSR) कार्यक्रम अन्तरगत ग्रामिण तथा बिकट क्षेत्रमा रहेका स्वाथ्य चौकीमा औषधि भण्डारणमा सहयोग गर्ने उदेश्यले रेफ्रिजिरेटर वितरण गरको छ ।

    कम्पनीले दोलखाको बिगु गाँउपालिका स्थित लामाबगर, ओराङ्ग, बुलुङ्ग र लादुक स्वास्थ्य चौकीमा एक–एक थान रेफ्रिजिरेटर वितरण गरेको हो ।

    कम्पनीका आधिकारिक प्रतिनिधि बरिष्ठ प्रवन्धक शिवशंकर नान्जुले विगु गाँउपालिकाका उपाध्यक्ष देवीका थामी, सम्वन्धित वडाका वडाध्यक्षहरु तथा स्थानिय समाजसेवी नवराज के.सीको उपस्थितिमा बुलुङ्ग स्वास्थ्य चौकीको प्राङ्गगणमा एक कार्यक्रम विच उक्त सामग्रीहरु वितरण गरेका हुन ।

    कम्पनीले भविष्यमा समेत यस्ता कार्यक्रमहरु गरी विकट तथा दुर्गम क्षेत्रका बासिन्दाहरुलाई सहयोग जारी राख्ने ब्यहोरा कम्पनीका प्रवन्ध निर्देशक शैलेश संघईले बताए ।

    प्रतिक्रिया दिनुहोस