२०८० मंसिर २२, शुक्रबार | Fri, 08, Dec, 2023

काभ्रेका लक्ष्मण लम्साल बागमती सरकारको श्रम तथा यातायात मन्त्री नियुक्त

  • २०८० जेष्ठ ७, आईतबार मा प्रकाशित ६ महिना अघि
  • ३९२ पाठक संख्या
  • नेकपा एकीकृत समाजवादीका सांसद लक्ष्मण लम्साल बागमती प्रदेशको श्रम तथा यातायात मन्त्री भएका छन् । काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेशसभा (क) बाट विजयी लम्साललाई बागमती प्रदेशका मुख्य मन्त्री सालिक राम जम्मरकटे्टेलले मन्त्री नियुक्त गरेका हुन ।

    नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा बागमती प्रदेशको सचिव समेत रहेका लम्सालको जन्म २०३६ सालमा काभ्रेको मण्डन देउपुर नगरपालिकाकामा भएको थियो। विद्यालय पढ्दा देखि नै राजनीतिमा सक्रिय रहँदै आएका लम्साल विद्यार्थी राजनीतिबाट आफूलाई माथि उठाउन सफल भएका व्यक्ती हुन ।

    आजै उनी सँगै कांग्रेसका रामकृष्ण चित्रकारलाई बिनाविभागीय मन्त्री, उत्तम जोशी स्वास्थ्य मन्त्रालय, पुकार महर्जन पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र मसिना खड्का वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

    मुख्यमन्त्रीले एकीकृत समाजवादीका राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    यसअघि कांग्रेसका बहादुर सिंह लामा तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । बाबुराम भट्टराईको पार्टीबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्रालय, माओवादी केन्द्रबाट कुमारी मुक्तान सामाजिक विकास मन्त्रालय र युवराज दुलाल, भौतिक पूर्वाधार विकासमन्त्री बनिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस