२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

कांग्रेस नमोबद्धले गर्यो नगर सम्मेलन

  • २०८० बैशाख १७, आईतबार मा प्रकाशित १0 महिना अघि
  • २०८ पाठक संख्या
  • नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिले नगर सम्मेलन सम्पन्न गरेको छ ।

    पार्टीको विधान बमोजिम गर्नुपर्ने नगर सम्मेलन नगर कार्यसमितिले वैशाख १६ गते शनिवार सम्पन्न गरेको हो । सम्मेलनमा नगरबाट जिल्ला, प्रतिनिधी सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सदस्य, नगर कार्यसमितिका पदाधिकारी, सदस्य, भातृ तथा शूभेच्छुक तथा भातृ संस्थाका प्रमुख, पदाधिकारी र कृयाशिल सदस्यहरुको सहभागिता थियो । सम्मेलनले तल्लो तहसम्म पार्टीका संरचना र गतिविधी केन्द्रीत गर्ने, बार्षिक कार्यतालिका निर्माण गर्ने, श्रमदान, अन्तरक्रिया लगायतका कार्यक्रम तय गर्ने निर्णय गरेको छ ।

    कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका प्रवक्ता सन्तमान तामाङ विभिन्न भ्रमहरु चिर्दै नेतृत्व अघि बढ्नुपर्ने तर्क गरे ।

    नमोबुद्ध नगर प्रमुख समेत रहेका कांग्रेस नगर सभापति कुनसाङ लामाले आफ्नो कर्तव्य र जिम्मेवारी सम्झेर संगठन निर्माणमा जोड दिए । कार्यक्रममा प्रतिनिधी सभा क्षेत्र नं १ का सदस्य कमला खनाल, प्रदेश सभा १ ख का सदस्य रसिला खनाल, नमोबुद्ध नगर प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, नेपाली कांग्रेस नमोबुद्धका सचिव रामेश्वर अधिकारी, महेन्द्र थिङ, सहसचिव रमेश तिवारी, कोषाध्यक्ष दुर्गा लामा, १ देखि ११ वटै वडाका सभापतिहरु नेपाल शिक्षक संघ नमोबुद्धका अध्यक्ष दिनेश अधिकारी, नेपाल महिला संघ नमोबुद्धका सभापति शान्ता नराल पाठक, तरुण दल नमोबुद्धका अध्यक्ष दिपेशचन्द्र तामाङ लगायतले पार्टी र स्थानीय सरकारको समन्वयको बारेमा चर्चा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस