२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

चर्को दवाब पछि खुल्यो अनेरास्ववियुले काभ्रे क्याम्पसमा लगाएको ताला

  • २०८० बैशाख १५, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • २०८ पाठक संख्या
  • काभ्रेकै चर्चित काभ्रे बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हार्ने डरले विद्यार्थी संगठनहरुले लगाइएको ताला खोलेका छन् ।

    स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई लिएर लगाइएको ताला नखोलिए विद्यार्थी हरुले आफै खोल्ने चेतावनी दिएको समाचार यस अघि मिडियाचोकमा प्रकाशन भएपछि अनेरास्ववियु इकाई कमीटीले काभ्रे बहुमुखी क्याम्पस प्रशासनमा लगाएको ताला खेलेको हो । समस्त विद्यार्थी लाई शैक्षिक प्रमाणपत्र तथा परिचयपत्र बनाउन समस्या परेपछि विद्यार्थीहरुलेनै ताला फोड्ने चेतावनी दिउका थिए ।

    विद्यार्थीलाई समस्या परेको खण्डमा प्रोभिजनल सर्टिफिकेट बनाएर ३ महिना काम चल्नेगरि विद्यार्थीलाई सहयोग गर्ने क्याम्पस प्रमुखले वचन दिएका थिए तर विद्यार्थीहरुलाई सक्कल क्यारेक्टर सर्टिफिकेट नै चाहिएपछि,विद्यार्थीहरुले चर्को आन्दोलन सहित अनेरास्ववियुले लगाएको ताला तोड्दिन्छौ भनी क्याम्पस प्रमुख समक्ष विद्यार्थीहरुले माग गरेका थिए ।

    तर क्याम्पस प्रशासनले आक्रोशमा भन्दा पनि शान्तिपूर्ण तरिकाले ताला खुलाउने बताएको थियो । विद्यार्थीहरुले अनेरास्ववियुका जिल्ला सह संयोजकलाई ताला खोल्न अनुरोध गरेपनि उल्टै विद्यार्थीहरुलाई हप्काएको भन्दै विद्यार्थीहरु आक्रोशित भएका थिए । ‘विद्यार्थी हकहितमा काम गर्ने भनेर भन्ने तर विद्यार्थीलाई परेको वेलामा असहयोग भएकोले विद्यार्थीहरुलेनै स्वतस्फुर्त ताला फोड्ने निर्णय गरेका थियौं,–एक विद्यार्थीले भने, हामी आक्रोशित भयौं भन्ने भएर होला उहाँहरुलेनै खोलीदिनुभयो ।’

    बिद्यार्थीहरुको चर्को दबाव पश्चात् ताला खोल्न सकारात्मक बनेपछी बिज्ञप्ति सहित अनेरास्ववियुले आफुले लगाएको ३ ओटै कार्यकक्षका ताला खोलिदिएको छ। अनेरास्ववियुका नेता प्रमेश पौडेलले बिद्यार्थिहरुकै हक र हितको लागि तालाबन्दी भएको जिकिर गर्दै ताला खोलेका थिए ।

    प्रतिक्रिया दिनुहोस