२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

काभ्रे क्याम्पसका लगाईएको ताला अझै खुलेन, विद्यार्थीहरु आक्रोशित

  • २०८० बैशाख ९, शनिबार मा प्रकाशित ७ महिना अघि
  • २३८ पाठक संख्या
  • काभ्रेकै चर्चित क्याम्पस काभ्रे बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले लगाइएका ताला अझै खुलेको छैन ।

    लामो समयसम्म ताला नखुल्दा त्यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु आक्रोसित भएका छन् । स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई लिएर लगाइएको ताला आईतवार सम्म नखोलिए विद्यार्थीहरुले आफै खोल्ने चेतावनी दिएका छन् ।

    विद्यार्थीहरुले आफुहरु बाहिरी मुलुक जान कागजपत्र लिन, अध्ययनको प्रमाणपत्र जुटाएर अन्य क्याम्पसमा बुझाउन तथा आफ्नो परिचयपत्र समयमै बनाउन नपाएको भन्दै आक्रोशित भएका छन् । कतिपय विद्यार्थीहरुले कलेज आउँदा परिचयपत्र नभएर भाडामा छुट लिन नपाएको समेत गुनासो गरेका छन् । अन्य प्रमाणपत्र समेत निकाल्न असहज वातावरण भएको र आफुलाई आपत परेको समयमा ढिलासुस्ती भएको भन्दै उनीहरुले क्याम्पस प्रशासन तथा विभिन्न विद्यार्थीसंगठनहरुलाई जानकारी गराउँदा समेत बेवास्ता गरेको गुनासो गरे ।

    स्ववियुको निर्वाचनको बेला राप्रपा निकट विद्यार्थी संगठन, एमाले निकट विद्यार्थी संगठन तथा समाजबादी निकट विद्यार्थी संगठनले फर्जी विद्यार्थी भर्ना गरिएको आरोप लगाउँदै तालाबन्दी गरेपनि तालाबन्दी गर्नुको कारणको ठोस प्रमाण भने उनिहरुले निर्वाचन कार्यालयमा बुझाउन नसकेको निर्वाचन समितिले जानकारी दिएको छ ।

    तालाबन्दी भएर विद्यार्थीमा परेको समस्याको बारेमा काभ्रे बहुमुखी क्याम्पसका प्रमुख केजि बैदारले प्र्रशासनिक क्षेत्र र केहि कक्षाहरुमा समस्या भएपनि केहि कक्षाहरु भने संचालन गरिएको जानकारी दिए । उनका अनुसार केहि विषयमा पढाई भएपनि विद्यार्थीहरुको भर्ना विवरण तथा अन्य विवरणहरु तालाबन्दीले थुनिएको हुँदा नयाँ परिचयपत्र बनाउन समस्या परेको जानकारी दिए । क्याम्पस प्रमुख बैदारका अनुसार कुनै ठोस प्रमाण विना आशंकाकै भरमा तालाबन्दी गरी सबै विद्यार्थीको हकअधिकारमा हनन गर्न नहुने बताए । उनले तालाबन्दीले विद्यार्थीहरुमा अप्ठेरो परेकोले विद्यार्थी संगठनलाई ताला खोल्न आग्रह गरे । उनले तालाबन्दी हुनुमा क्याम्पस प्रशासन कुनैपनी हालतमा जिम्मेवारी नरहेको समेत जानकारी दिए ।

    यसबारेमा ताला लगाउने मध्येका अनेरास्ववियुका काभ्रे क्याम्पस इकाई कमिटीका अध्यक्ष प्रमेश पौडेललाई सोधेका थियौं, क्याम्पसमा लगाईएको ताला कहिले खुल्छ भनेर । उनले क्याम्पस प्रशासनमा तालाबन्दीको समयमा राखिएको मागहरु पूरा नभएसम्म ताला नखुल्ने बताए । मागहरु भनिएपनि उनले आफ्ना मागहरु प्रस्ट्याउन भने सकेनन् । तर क्याम्पस प्रशासनले तालाबन्दीबारे छलफलमा नबोलाएको भन्दै रोस प्रकट गरे । उनले विद्यार्थीहरुको लागि केही दिनमा ताला खोल्ने समेत जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस