सिल्भर साइन इन्टरटेन्मेन्टले आयोजना गरेको दोस्रो किड्स काभ्रे २०७९ सम्पन्न भएको छ ।
शनिबार सम्पन्न भएको दोस्रो किडस् काभ्रे ‘२०७९’ मा सिनियर र जुनियर गरि दुइ क्याटेगोरिमा बिजेताहरु छानियको थियो। सिनियर तर्फ़ सज्बी श्रेष्ठ र आगमन श्रेष्ठ विजयी भएका छन् भने जुनियर तर्फ़ निस्मा बस्नेत र विषम सिग्देल विजयी भएका छन् ।
त्यस्तै सिनियरतर्फ स्पेन्जल शाही र शिरिषमान कपाली फष्ट रनर अप भएका छन् भने जुनियरतर्फ अनुष्मा पहरी र विवश मानन्धरले फष्ट रनर अपको टाइटल जिते। यस्तै सेकेन्ड रनर अपमा सिनियरतर्फ उषा मोक्तान र कौष्तुब दाहाल र जुनियरतर्फ नवश्री विष्ट र प्रनब मानन्धर बनेका थिए।। विजेताहरुलाई ट्रफी, क्राउन, टोपी, फोटो फ्रेम संगै थुप्रै आर्कषक पुरस्कार समेत वितरण गरिएको थियो।
दोस्रो किडस् काभ्रे ‘२०७९ को निर्णायकमा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमिल्सना, काभ्रेको पूर्व तिज सुन्दरी प्रतियोगिताकी विजेता मनिसा श्रेष्ठ र चलचित्र निर्माता प्रशान्त गिरी रहेका थिए ।
बागमती प्रदेशका खानेपानी उर्जा तथा सिचाईं मन्त्री माननीय तिर्थ लामाले कार्यक्रमको समुद्घाटन गरेका थिए । समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले भने, ‘यस किसिमका कार्यक्रमले बालबालिकाभित्र भएका प्रतिभाहरुलाई प्रस्फुटन गराउन मद्दत गर्ने भएकाले उनीहरुलाई श्रृजनात्मक कार्यक्रमहरुमा सहभागी गराउनुपर्दछ ।’
कार्यक्रममा सिल्भर साइन इन्टरटेन्मेन्टको तर्फबाट माननीय मन्त्री लामालाइ बधाई तथा सम्मान गरिएको थियो ।
दोस्रो किडस् काभ्रे २०७९ का लागि सिनियरतर्फ ११ जना र जुनियरतर्फ १० जना गरी २१ जनाको सहभागिता रहेको थियो।प्रतियोगितामा बेष्ट ट्यालेन्ट, बेस्ट स्माइल, बेस्ट ड्रेस, बेष्ट वाक लगायत विभिन्न विधाबाट सहभागीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।
२०७९ चैत्र महिना बाट विभिन्न चरण हुदै सुरु भएको कार्येक्रमको फाइनल भने २०८० को बैसाखमा गरिएको थियो। कार्येक्रमलाइ काभ्रे फिल्म्स प्रालिले मुख्य प्रायोजन गरेको थियो।
प्रतिक्रिया दिनुहोस