नेपालमै पहिलो बनेको दश अवतारसहितको ४० फिट अग्लो ब्रह्माको प्रतिमाको रास्ट्रपति बिद्यादेवी भण्डारीबाट अनावरण भएको छ ।
काभ्रेको बनेपा–४ मा स्थानीयहरुले महायज्ञबाट उठेको रकमबाट निर्माण गरेको प्रतिमा सहित ब्रम्हाको १० अवतारहरुको प्राणप्रतिस्ठा समेत गरिएको थियो ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक स्थलको संरक्षण गरी समयानुकुल बनाउँदै भावी पुस्तालाइ गौरवपुर्ण सभ्यता हस्तान्तरण गर्नुपर्नेमा जोड दिए।
रास्ट्रपती भण्डारीले स्वाबलम्बी आर्थिक निर्माण गर्ने क्रममा पर्यटन क्षेत्रको विकास एउटा मुख्य आधार भएको उनको भनाइ छ ।
महादेव खोला ब्रम्हायणी क्षेत्र उत्तरगया समाजले नाला क्षेत्र धार्मिक, पर्यटकीय हिसाबले धेरै राम्रो र पौराणीक कथाहरुमध्येको एक भएकाले उक्त मन्दिर निर्माण गरेको स्थानीयको भनाइ छ । विश्वका दुई मुलुक भारतको राजस्थान र थाईल्याण्डको बैंककमा दश अवतारसहितको मन्दिर अवस्थित रहेको र नेपालमा भने पहिलो पटक दश अवतारसहितको प्रतिमा निर्माण भएको महादेव खोला ब्रम्हायणी क्षेत्र उत्तरगया समाजका अध्यक्ष पुरुषोतम सापकोटाले जानकारी दिए ।
धार्मिक र सांस्कृतिक हिसाबले विश्वभर यस स्थानलाई परिचित गराउने उद्देश्यले अष्ट मातृका वरपर ब्रम्हायणी क्षेत्रमा ब्रह्मा मन्दिर निर्माण गरिएको छ ।
९१ रोपनी क्षेत्रफलमा फैलिएको रहेको उक्त क्षेत्रमा बृहत् गुरुयोजना तयार भएको छ । गुरुयोजना अनुरुपको पहिलो निर्माण कार्य पार्क सहितको दश अवतार भएका ब्रह्माको ४० फिट अग्लो मूर्ति प्रतिस्थापन हो । उक्त कार्य सम्पन्न गर्न स्थानीयहरुले महायग्य बाट१ करोड २० लाख नगद संकलन गरेका थिए । ब्रह्मा मन्दिरसँगै महादेव खोला परिसरमा मन्दिर, घाट तथा अन्य निर्माण कार्य समेत सम्पन्न भइसकेको छ । उक्त क्षेत्रको गौरवको योजनाका रूपमा लिएको उक्त क्षेत्रलाई धार्मिक रूपले प्रचार प्रसार गरी आन्तरिक पर्यटन वृद्धि गर्ने समितिको योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस