२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

लामो समयपछि नेपालमा कोरोना भाइरसबाट एक जनाको निधन

  • २०७९ पौष २३, शनिबार मा प्रकाशित १0 महिना अघि
  • १८३ पाठक संख्या
  • कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भाइरसको संक्रमणबाट आज लामो समयपछि एक जनाको मृत्यु भएको हो । ३ महिनाअघि कात्तिक ७ गते कोरोनाबाट एक जनाको मृत्यु भएको थियो ।

    नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् । हाल २१ जना सक्रिय संक्रमित रहेका छन् ।

    छिमेकी मुलुकमा संक्रामक मानिएको ओमिक्रोनको सब भेरिएन्ट   ‘बिएफ.७’  फैलिँदा संक्रमण बढिरहेको छ ।

    मन्त्रालयले भने नेपालमा हालसम्म यो भेरिएन्ट पुष्टि नभएको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस