२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

शिक्षक तथा कर्मचारीलाई तलब दिन काँग्रेस शिक्षा शाखाको माग

  • २०७९ मंसिर २३, शुक्रबार मा प्रकाशित ११ महिना अघि
  • १६२ पाठक संख्या
  • विगत केही महिना देखि काभ्रेपलाञ्चोक जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी साथीहरुले पाउनुपर्ने पारिश्रमिक तथा सेवा सुविधाहरु रोकिएको प्रति नेपाली कांग्रेस काभ्रेपलाञ्चोक शिक्षा शाखाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
    नेपाली कांग्रेस काभ्रेपलाञ्चोक शिक्षा शाखाका प्रमुख दिपेन्द्र पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको छ ।

    अवस्थामा रहेकाले देशको भविष्यका कर्णधारहरु उत्पादन गराउन आफ्नो जीवन व्यतित गर्ने शिक्षक तथा कर्मचारीहरु नै आफ्नो हक अधिकारबाट बञ्चित रहनुपर्ने अवस्था अत्यन्त दुःखद् हो ।

    काभ्रेका सबै स्थानीय तह, शिक्षा विकास समन्वय इकाई, काभ्रेपलाञ्चोक, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाण्डौको समेतको ध्यानाकर्षण गरिएको सो विज्ञप्तिमा भनिएको छ, “ विगत केही महिना देखि हाल सम्म जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी साथीहरुले पाउनुपर्ने पारिश्रमिक तथा सेवा सुविधाहरु रोकिएको अवस्थामा रहेकाले देशको भविष्यका कर्णधारहरु उत्पादन गराउन आफ्नो जीवन व्यतित गर्ने शिक्षक तथा कर्मचारीहरु नै आफ्नो हक अधिकारबाट बञ्चित रहनुपर्ने अवस्था अत्यन्त दुःखद् हो ।”
    यस प्रकारको अवस्था आउनु दुःखद हो भन्दै सो अवस्था प्रति नेपाली कांग्रेस काभ्रेपलाञ्चोक, शिक्षा शाखा खेद प्रकट गर्दछ, साथै यथाशिघ्र सो समस्याको समाधानका निमित्त स्थानीय तह तथा समन्वयका लागि जिल्ला शिक्षा विकास समन्वय इकाई काभ्रेपलाञ्चोकलाई विशेष ध्यानाकर्षण गराउन चाहन्छौ भनिएको छ ।
    शाखाले आफ्नो अनुरोधलाई बेवास्था गरी श्रमजीवी शिक्षक कर्मचारीको दैनिकी माथि खेलबाड गरेमा हामी कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस