खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे कार्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुण्डिएको अवस्थामा फेला परेका प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार मुचुल्का तयार भैरहेको र शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिने जानकारी दिए ।
किन झुन्डिए भन्ने अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस