२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

काभ्रे प्रतिनिधिसभा १ मा सुर्यमान दोङ विजयी

  • २०७९ मंसिर १०, शनिबार मा प्रकाशित १ साल अघि
  • ५०० पाठक संख्या
  • काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट गठबन्धनका तर्फवाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान तामाङ दोङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन मतपरिणाम अनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित निर्वाचित भए ।

    दोङको प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार रेशमबहादुर लामाले ३० हजार पाँच सय ४८ मत प्राप्त गरे । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठ आठ हजार छ सय ९७ मत प्राप्त गरी तेस्रो भए । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर विश्वकर्माले एक हजार आठ सय ५३ मत प्राप्त गरे ।

    काभ्रे–१ मा जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी १७ उम्मेदवार रहेका थिए ।

    को हुन सुर्यमान दोङ ‘लालध्वज’ ?

    काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ९, मुक्पामा वि.सं. २०२७ साल बैशाख १ गते बुबा इमान सिं तामाङ र आमा माइली तामाङको माइलो छोराको रुपमा सूर्यमान दोङ (लालध्वज) को जन्म भएको थियो । गरिब किसान परिवारमा जन्मेका उनी सानै देखि शोषण र दमनमा परेका किसानको पक्षमा आवाज उठाउने गर्थे । २०४४ सालमा नेकपा मशाल अर्थात बोलिचालीमा मोटो मशाल पार्टीबाट राजनीति शुरु गरेका उनी सोही साल मैसेल कमिटीको सदस्य भएका थिए । पञ्चायत विरोधी आन्दोलनमा समेत भाग लिने मौका पाएका थिए । २०४६ सालको आन्दोलन पछि नेपालमा क्रान्तिकारी ध्रुविकरणले तिब्रता पायो । सोही क्रममा नेकपा ९मशाल०, नेकपा मसाल, सर्वहारावादी श्रमिक संगठन र नेकपा ९चौम० बीच पार्टी एकता भई नेकपा एकता केन्द्र निर्माण भएपछि लालध्वज २०४८ सालमा नेकपा एकता केन्द्रको तेमाल इलाका कमिटी सदस्यमा भए । २०४९ सालमामा सम्पन्न जनवादी युव लिग काभ्रेको भेलाबाट उनी जिल्ला सदस्यमा निर्वाचित भएका थिए । त्यसैगरि उनी २०५० मा अखिल नेपाल थाङ्का कला मजदुर संगठनको केन्द्रिय सदस्य भए । नेकपा एकता केन्द्र निर्माण पछि पार्टी भित्र मुख्यतः क्रान्तिको मोडलको बारेमा तिब्र बहस चलिरहेको थियो । नेपालको सन्दर्भमा ‘रसियन मोडल या चाइनिज मोडल’ भन्ने बहस निक्कै पेचिलो ढंगले चल्यो । निक्कै ठूलो बहस अन्ततः २०५१ सालमा पार्टी विभाजन भयो । त्यसपछि उनी ‘नेकपा माओवादी पार्टीमा लागे । २०५१ सालमा पार्टी बिभाजन भएपछि उनी नेकपा माओवादीको पूर्वाञ्चल ब्यूरोको कार्यालय सटाफ भएर काम गरे । भूमिगत अवस्थमा समेत पार्टी हेडक्वार्टरसँग सिधा सम्बन्ध भएका नेताहरु मध्ये लालध्वज पनि एक थिए । पार्टीको तत्कालीन पूर्वाञ्चल ब्यूरो इन्चार्ज यानप्रसाद गौतम ९आलोक०सँगै भएको कारण अध्यक्ष प्रचण्डसँग त्यतिखेर देखि नै चिनजान भइसकेको थियो । पार्टीले शसस्त्र जनयुद्ध गर्ने रणनीति लिएपछि लालध्वज यसको तयारीमा पूरै लागेका थिए । ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गरौं ।’ भन्ने मूल नाराका साथ २०५२ साल फागुण १ गतेका दिन शुरु भएको युद्धमा पहिलो मोर्चा सिन्धुली गढी प्रहरी चौंकी आक्रमणमासहभागी भएका थिए । यसैगरि २०५३ साल पौष १९ गते रामेछापको वेथान मोर्चामा समेत उनी सहभागी भए । सो मोर्चामा जिल्ला सेक्रेटरी समेत रहेका पार्टी नेता तिर्थ गौतमको सहादत भएपछि लालध्वज पार्टीको काभ्रे–रामेछाप जिल्ला समिति सदस्यमा चयन भए । २०५५ सालमा इलाका सेक्रेटरी हुँदै २०५७ सालमा उप–क्षेत्रीय ब्यूरो सदस्य, २०५८ सालमा क्षेत्रीय ब्यूरो सदस्यमा चयन भएका थिए । साथै २०५८ मा काभ्रे जिल्ला सेक्रेटरी समेत भए । जनमुक्ति सेनाको कम्पनी कमिसार, बटालियन कमिसार हुँदै २०५९ सालमा रामेछाप, सिन्धुली र काभ्रेको जनमुक्ति सेना नेपालको रेजिनल कमान्डको कमिसारको भूमिका समेत उनले निर्वाह गरेका थिए ।
    विभिन्न समयमा जिल्ला इन्चार्जको समेत भूमिका निर्वाह गर्दै २०६३ सालमा पार्टी केन्द्रिय समिती सदस्य, आठौं महाधिवेशनबाट केन्द्रिय सदस्य र पोलिटब्युरो सदस्य चयन भएका छन् भने काभ्रे जिल्ला इन्चार्जको जिम्मेवारी समेत निर्वाह गरिरहेका छन् । माओवादी जनयुद्धको जगमा सम्पन्न २०६२/०६३ को जनआन्दोलन पछि पुनस्र्थापित प्रतिनिधि सभाको सदस्यमा उनी चयन भएका थिए । २०६४ सालमा सम्पन्न संविधान सभा सदस्य निर्वाचनमा २८ हजार ८ सय मत ल्याइ विजयी भएका लालध्वजले डा. बाबुराम भट्टराई पछिको लोकप्रिय मत ल्याएका थिए । २०६८ सालमा उर्जा राज्यमन्त्री भएका थिए । २०७० सालमा सप्पन्न संविधान सभा निर्वाचन भने उनी नेपाली काँग्रेसका तीर्थ लामा सँग पराजित भएका थिए ।
    यो पटक लाकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवारको रुपमा लालध्वजलाई पार्टीले उभ्याएको थियो ।

    प्रतिक्रिया दिनुहोस