काभे प्रतिनिधिसभा क्षेत्र नं २ प्रदेश सभा ख मा गठबन्धनको तर्फबाट नेपाली काँगेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादेले सानदार जित हाँसिल गरेका छन् । बादेले ४ हजार ७८ मतान्तरले एमालेका उम्मेदवार कुमार थापालाई पराजित गरे । वादेले २६ हजार ३५ मत पाउँदा एमालेका कुमार थापाले २१ हजार ९६७ मत पाए ।
को हुन कञ्चनचन्द्र बादे ?
बाबु गोपालदास बादे र आमा चिनिमाया बादेका कान्छा छोरा कञ्चनचन्द्र बादे २०३६ को जनतसंग्रहकै ताका राजनीतिमा सकृय भइसकेका थिए । २०२४ साल बैशाख ८ गते जन्मिएका बादे १५ बर्षको उमेरमा नेपाल विद्यार्थी संघको जिल्ला सदस्य भएका हुन् । कांग्रेसका राजनीतिज्ञ राजदास बादेका भतिजा बादे २०४४ सालमा नेपाल विद्यार्थी संघको कोषाध्यक्ष बनेका बादेले २०४७ सालमा नेविसंघको जिल्ला सभापति बनेर नेविसंघ काभ्रेलाई नेतृत्व प्रदान गरेका थिए । नेविसंघसँगै बनेपाको राजनीतिमा होमिएका उनी २०५१ र २०५८ मा गरी २ पटक नेपाली कांग्रेस बनेपाको नगर सभापति बनेका थिए । २०५८ सालमा नेपाल तरुणको जिल्ला अध्यक्ष बनेका बादे २०६० सालमा तरुण दलको केन्द्रीय सदस्य भए । नेपाल ट्रेड युनियन कांग्रेस काभ्रेका संस्थापक अध्यक्ष रहेका बादे २०६४ सालमा नेपाली कांग्रेस काभ्रेको कोषाध्यक्ष भएका थिए ।
२०५७ मा भएको पार्टीको १० औँ र २०६१ मा भएको ११ औँ महाधिवेशनमा उनी महासमिति सदस्य समेत भएका थिए । पार्टीको १२ औँ र १३ औँ महाधिवेशनमा काभ्रे क्षेत्र नं ३ को सभापति भएका बादे १४ औँ महाधिवेनशनबाट वाग्मती प्रदेश महामन्त्रीमा निर्वाचित भएका छन् । २०३६ सालपछिका सबै जनआन्दोलनमा सहभागी भएका उनले ०६२/०६३ को जनआन्दोलन घाइते उपचार कोषको संयोजक भएर पनि काम गरेका थिए । बादेलाई स्थानीय निकायको पनि अनुभव छ । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा कांग्रेसको तर्फबाट उपमेयरको उम्मेदवार बनेर विजयी भएका थिए । निरन्तर कृयाशिल बादेले २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालिन नेकपा एमाले काभ्रेका अध्यक्ष हाल एमालेका पोलिट्व्युरो सदस्य गोकुल बास्कोटालाई पराजित गरेर संविधानसभा सदस्य निर्वाचित भएका थिए । तर २०७४ सालमा प्रदेश सभा सदस्यमा बसुन्धरा हुमागाई सँग पराजित भए ।
राजनीतिमा कृयाशिल बादे सामाजिक संस्थामा पनि उत्तिकै सकृय छन् । उनी काभ्रे जेसीजको सन् २००७ मा अध्यक्ष बनेका थिए । सन् २००६ मा रोटरी क्लब अफ काभ्रे बनेपाको अध्यक्ष बनेर नेतृत्व प्रदान गरिसकेका छन् । नेपाल बाल संगठन काभ्रेको सदस्य रहिसकेका बादे नेपाल परिवार नियोजन संघ लगायतका सामाजिक संघसंस्थामा पनि उत्तिकै कृयाशिल छन् । बनेपा, पनौती र धुलिखेललाई खानेपानी खुवाउने उद्धेश्यले सञ्चालन भएको काभ्रे उपत्यका खानेपानी आयोजना स्टेरिङ कमिटीको सदस्य भएर पनि काम गरेका थिए । व्यवसायिक रुपमा यातायात क्षेत्रमा लगानी गरेका बादे अरनिको यातायात सेवा समितिका पुर्व कोषाध्यक्ष समेत हुन् ।
प्रतिक्रिया दिनुहोस