२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

काभ्रेमा शान्तिपुर्ण निर्वाचन, ६३ प्रतिशतले गरे मतदान

  • २०७९ मंसिर ४, आईतबार मा प्रकाशित १ साल अघि
  • १९० पाठक संख्या
  • प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन काभ्रेमा शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।

    स्थानीय तहको निर्वाचनमा केही ठाउँमा झडप, स्थगित भएपनि संसदीय निर्वाचनमा भने शान्तिपुर्ण तरिकाले निर्वाचन सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    काभ्रेमा प्रारम्भिक रुपमा ६३ प्रतिशत मत खसेको छ  । ३ लाख १० हजार ६३ मतदाता रहेका काभ्रेमा १ लाख ९७ हजार मत खसेको अनुमान छ । मतपेटिका बुझ्ने क्रम जारी भएकोले भोलि बिहान सम्म खसेको मतको एकिन गर्न सकिने निर्वाचन कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस