२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

वडा अध्यक्षका उम्मेदवार सहित कांग्रेसमा प्रवेश

  • २०७९ मंसिर १, बिहिबार मा प्रकाशित १ साल अघि
  • २४८ पाठक संख्या
  • शारदाबतासे/ निर्वाचनको संघारमा काभ्रेको धुलिखेल नगरपालिका वडा नं १० स्थित बतासेमा नेकपा एमालेका एक दर्जन क्रियशिल युवाहरु पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    धुलिखेल नगरपालिका वडा नं १० मा आयोजित एक कार्यक्रमको अवसरमा नेकपा एमालेकी नेत्तृ एवं एकल महिला समुहको जिल्ला सचिव कुमारी थापाको नेत्तृत्वमा दर्जनौं कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    त्यस्तै धुलिखेल नगरपालिका वडा नं ११ मा आयोजित कोण सभा कार्यक्रममा नमोबुद्ध नगरपालिका वडा नं ९ का  नेता  दिनेश गौतम नेपाली कांग्रेस प्रवेश गरेका हुन् । गौतम स्थानीय तह निर्वाचन २०७४ मा नयाँ शक्ति पार्टीबाट वडा अध्यक्ष उम्मेदवार थिए ।

    लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट प्रदेश सभा १ (ख) का साझा उम्मेदवार रहेका कांग्रेस जिल्ला सभापति तिर्थ लामाले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए । नवप्रवेशीले एमालेले झुटको खेती गरेको, व्यक्तिवादी प्रवृती हाबी भएकोेले एमाले परित्याग गरेको बताए ।

    कांग्रेस जिल्ला सभापति लामाले नवप्रवेशीलाई स्वागत गर्दै कांग्रेसले सबैको अधिकारको लागि लड्ने भन्दै लोकतान्त्रिक–बाम गठबन्धनलाई जिताउन अनुरोध गरे ।

    ‘गठबन्धनको जित सुनिश्चित छ’, : तीर्थ लामा

    ठुलिटार (पात्लेखेत) /प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा काभ्रेमा गठबन्धनको जित सुनिश्चित भएको काभ्रेका प्रतिनिधि सभा क्षेत्र नं १ तर्फ प्रदेश “ख” का उम्मेदवार तीर्थ लामाले बताएका छन् ।

    निर्वाचन प्रचार–प्रसारको अन्तिम दिन आज धुलिखेल नगरपालिकाको गठबन्धनतर्फको निर्वाचन परिचालन समितिको आयोजनामा धुलिखेल नगरपालिकाको  वडा नं ९ र ११ मा सञ्चालन गरिएको कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार लामाले गठबन्धनको जित सुनिश्चत भएको बताएका हुन् ।

    गठबन्धनको आवश्यकता र औचित्यबारे प्रकाश पार्दै उम्मेदवार लामाले पूर्वाधार विकासप्रति आफ्नो प्रतिबद्धता जनाएका छन् । कोण सभालाई सम्बोधन गर्दै उनले जिल्लास्थित वि.पी र अरनिको राजमर्गलाई जोड्ने सितलबस्ती–ठूलीटार–तिनपिप्ले र तिनपिप्पले–कल्छेवेशी–डाडागाउँ–दुई सडकको स्तरोन्नती गर्ने प्रतिबद्धता व्यक्त गरे । यसका साथै खानेपानी, मठमन्दिरको संरक्षण लगायत पूर्वाधार विकास गर्ने उनले बताए । नगरको निर्वाचन परिचालन समितिले आज कोण सभासँगै मतदाता शिक्षा, उम्मेदवारसँग अन्र्तक्रिया र धुलिखेल नगरपालिका वडा नं ८, ९, १०, ११ र १२ मा रयाली पनि सञ्चालान गरेको छ । कोण सभा कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति तीर्थ पसखल, जिल्ला सचिव गुणराज मुक्तान, कोषाध्यक्ष जगन्नाथ गिरी,  सह–सचिव रविन्द्र सिग्देल,  काँग्रेस नेताहरु इश्वरी ओझा, रामकृष्ण हुमागाई, उद्धव कोइराला,  नेपाली कांग्रेस धुलिखेल नगरपालिकाका सभापति बिदुर बस्नेत, माओवादी केन्द्रका नेता पृथ्वी थापा, कविता शर्मा, बाबुराम तामाङ, , वडा सभापति नारायण ओझा लगायत ठूलो जनसहभागीता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस