२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

स्वतन्त्र उम्मेदवार दुर्गाबहादुर घर्तीले तिर्थ लामालाई सघाउने

  • २०७९ कार्तिक २०, आईतबार मा प्रकाशित १ साल अघि
  • ४०८ पाठक संख्या
  • प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन २०७९ का लागि प्रतिनिधी सभा क्षेत्र नं १ को प्रदेश सभा ख मा स्वतन्त्र उम्मेदवारी दिएका दुर्गाबहादुर घर्ती ( भुजेल ) लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका तिर्थ लामालाई सघाउने गरी उम्मेदवारी निष्कृय पारेका हुन् ।
    खानीखोला–२ फलामेटारमा भएको कार्यक्रममा घर्तीले आफ्नो उम्मेदवारी निष्कृय पारेका हुन् । घर्तीले सो क्षेत्रको विकास, समृद्धीको लागि तिर्थ लामा र गठबन्धनको जित आवस्यक रहेको महशुस गर्दै आफ्नो उम्मेदवारी निष्कृय पारेको बताए । संविधान बनाउन योगदान गरेका, काभ्रेको भुगोल बुझेका, विकासलाई हरेक वस्तीसंग जोड्न सक्ने विकासप्रेमी, युवामाझ लोकप्रिय, काभ्रे कांग्रेसका सभापति रहेका लामा विजयी भए आफ्नो क्षेत्रको विकास हुने भएकोले आफूले समर्थन गरेको बताए ।

    प्रतिक्रिया दिनुहोस