२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

संविधान दिवसमा नमोबुद्धमा दिप प्रज्वलन

  • २०७९ आश्विन ३, सोमबार मा प्रकाशित १ साल अघि
  • १९१ पाठक संख्या
  • संविधान दिवस २०७९ को अवसरमा नमोबुद्ध नगरपालिकाले भकुण्डेवेशीमा दिप प्रज्वलन गरेको छ ।

    संविधान सभाबाट संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा मनाइने दिवसको अवसरमा नगरपालिकाको केन्द्र भकुण्डेवेशीस्थित चोकमा दिप प्रज्वलन गरिएको हो ।

    कार्यक्रममा नगर उपप्रमुख रत्नबहादुर लामा, प्रवक्ता समेत रहेका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, वडा नं ७ का अध्यक्ष धर्मसिं लामा, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, प्रशासकीय अधिकृत विनोद रसाइली, जनप्रतिनिधी, कर्मचारी र स्थानीयको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस