नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाको निर्वाचनबाट रघुनाथ हुमागाई अध्यक्षमा निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा हुमागईंले ७४ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिद्धन्दी विदुरप्रसाद घिमिरेलाई ६० मत प्राप्त गरेका थिए ।
शाखा उपसभापतिमा दवेन्द्रप्रसाद भैलले ८५ मत प्राप्त गरि विजयी भएका छन् । त्यस्तै महिला उपसभापतिमा पुण्यवती घलेले ७९ मत प्राप्त गरि विजयी भएकी छिन् ।
मन्त्रीमा हेमलाल तामाङले ७९ मत प्राप्त गरि विजयी भए भने शिवराम आचार्यले ५४ मत प्राप्त गरी पराजित भए । उपमन्त्रीमा राजु सिग्देलले ९१ मत प्राप्त गरि विजयी भएका छन् भने उप विजेता रामगोपाल कर्माचार्यले ४० मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा प्रेमकुमार तामाङले ७६ मत प्राप्त गरि विजयी भए । उप कोषाध्यक्षमा निलम श्रेष्ठले ८१ मत प्राप्त गरि विजयी भईन ।
सदस्यरुमा महिला सदस्यहरु पार्वती थापा, सुभद्रादेवी गुरागाईं, गीता तिमल्सिना, अन्य सदस्यहरुमा अनन्तकृष्ण श्रेष्ठ, देविप्रसाद नेपाल, नवराज दुलाल, ज्ञानबहादुर तामाङ, पुस्कर प्रसाद तिमल्सिना, कृपेन्द्र श्रेष्ठ र भोटु हुमागाईं निर्वाचित भएका छन् ।
निर्वाचित सबै हुमागाई टिम बाट निर्वाचनमा होमिएएका थिए ।
प्रतिक्रिया दिनुहोस