२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

पाँचखालमा ‘जनताको साथ काँग्रेस’ अभियान

  • २०७९ भाद्र २१, मंगलबार मा प्रकाशित १ साल अघि
  • ३६५ पाठक संख्या
  • नेपाली काँग्रेस पाँचखाल नगर समितिको आयोजनामा जनताको साथमा काँग्रेस अभियान सम्पन्न भएको छ । काँग्रेसले मंसिर ४ गतेको संघ र प्रदेश सभा निर्वाचन लक्षित गर्दै देशैभर सुरु गरेको ‘जनताको साथ काँग्रेस’ अभियान अन्र्तगत पाँचखाल नगरपालिकामा सम्पन्न भएको हो ।

    स्थानीय तह सदस्य निर्वाचनमा घर घर जाऔं कांग्रेस जिताऔं भन्ने अभियानबाट काभ्रेमा उल्लेख्य नतिजा पाएर हौसिएको काँग्रेसले मंसिरको निर्वाचनमा पनि राम्रो नतिजा पाउनका लागि शुरु गरेको अभियान पाँचखाल नगरमा पनि सम्पन्न भएको हो ।

    सोमबार पाँचखाल नगरपालिकाका सभापति संजय तामाङको सभापतित्वमा नेपाली कांग्रेस पाँचखाल नगरस्तरिय कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले कांग्रेसको विकल्प कांग्रेस नै भएकोले एक ढिक्का भएर अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे । पार्टीलाई विजयी गराउनको लागि नेता तथा कार्यकर्ताहरुले इमान्दारितापूर्वक नियम पालना गर्नुपर्नेमा जोड दिए । विधि, नीति सिद्धान्तबाट चलेको नेपाली काँग्रेस पार्टीले काभ्रेली जनतालाई भ्रष्टचारीको जिल्ला भनेर शिर झुकाउनुपर्ने अवस्था नल्याएको बताए ।

    कार्यक्रममा बागमती प्रदेश सदस्य होम प्रसाद चौलागाई, जिल्ला उपसभापति ठाकुर न्यौपाने, नेता अच्युत पौडेल, प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति महेश खरेल, प्रदेश उम्मेदवार सुन्दरमणी आचार्य, प्रदेश सभापति हेम लामा, महिला संघ काभ्रेका अध्यक्ष शुभलक्ष्मी मानन्धर, पाँचखाल नगरपालिकाका निवर्तमान उपप्रमुख लक्ष्मी दनुवार, जिल्ला सदस्य एवं जिल्ला समन्वय समितिका प्रवक्ता अप्सरा शिपखान, पाँचखाल नगर सभापति संजय तामाङ, उपसभापति अच्युतराज उप्रेती लगायतले जारी अभियानले काभ्रेमा नेपाली काङ्ग्रेसलाई अझ बलियो र मजबुत बनाउनको लागि ठूलो भुमिका निर्वाह गर्ने बताउँदै जनताको साथमा काङ्ग्रेस अभियानलाई सार्थक र सफल बनाउन र देशलाई बिकास तर्फ अग्रसर गराउनको लागि सबैको भुमिका महत्वपुर्ण हुने भएकोले अबको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउन सबै एकजुट हुनुपर्ने धारणा राखेका थिए ।

    अन्तरक्रियात्मक कार्यक्रममा सहभागिहरुले पार्टीको सुदृढीकरण, गठबन्धन, पार्टी भित्रका अनुशासन लगायत कृषकले मल नपाएको विषयहरु उठेको नगरसचिव सुनिल लुईटेलले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस