नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई कायम गर्नुपर्ने माग राख्दै आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले देशभर ज्ञापन पत्र बुझाएको छ । काभ्रेमा पनि एक कार्यक्रमका विच नेपाल पत्रकार महासंघ काभ्रे मार्फत महासंघको केन्द्रिय कार्याललाई फोनिज काभ्रेले ज्ञापनपत्र बुझाएको हो ।
फोनिज काभ्रेको अध्यक्ष इन्द्रबहादुर थापा, सचिव सुरज श्रेष्ठ सहितको टोलीले बिहीबार महासंघ काभ्रे शाखाको कार्यालयमै पुगेर महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, उपाध्यक्ष बिनोद न्यौपाने, सचिव कपिल कोईराला, सहसचिव सरोज अधिकारी, कोषाध्यक्ष केदार तिमल्सिना लगायतलाई ज्ञापन पत्र बुझाएका हो ।
महासंघ काभ्रेका अध्यक्ष तिमल्सिनाले ज्ञापनपत्र आजै केन्द्रमा पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘फोनिज काभ्रेले दिएको ज्ञापन पत्र आजै केन्द्रिय कार्यालयमा पुर्याउने छु’ महासंघका अध्यक्ष तिमल्सिनाले भने ।
फोनिज काभ्रेका अध्यक्ष थापाले केन्द्रको सर्कुलर अनुसार महासंघको जिल्ला शाखा कार्यालय मार्फत् ज्ञापनपत्र केन्द्रमा पर्याउने गरी बुझाएको बताए ।
फोनिजको तीन महिने अभियान अन्र्तगत बिहिबार देशभरका जिल्ला शाखाहरूले नेपाल पत्रकार महासंघ शाखाहरू मार्फत केन्द्रमा सत्यनारायण बहादुर श्रेष्ठलाई कायम गरीयोस भनि ज्ञापन पत्र बुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस