२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

भकुण्डेवेशीमा जनप्रतिनिधीसंग अन्तरक्रिया

  • २०७९ भाद्र १३, सोमबार मा प्रकाशित १ साल अघि
  • २४३ पाठक संख्या
  • नेपाली कांग्रेस काभ्रे प्रदेश सभा क्षेत्र नं १ (क)ले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधीसंग अन्तरक्रिया गरेको छ । आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भमा कांग्रेसले तय गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत प्रदेश सभा क्षेत्रीय कार्यसमितिले भकुण्डेवेशीमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो ।

    कार्यक्रमका सहभागी पार्टीका नेता तथा कार्यकर्ताले आसन्न निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन स्थानीय तहका जनप्रतिनिधीको पनि भुमिका हुने भन्दै सोही अनुसार भुमिका खेल्न पनि अनुरोध गरे । कांग्रेस जिल्ला सभापति तिर्थ लामा, नेता शंखबुद्ध लामा, जिल्ला सदस्य सुनिता तामाङ, महाधिवेशन प्रतिनिधी शान्ती लामा, प्रदेश सभा क्षेत्रीय सभापति राम योञ्जन, वाग्मती प्रदेश प्रतिनिधी एवं क्षेत्रीय कार्यसमिति सदस्य विलम मोक्तान, पवित्रा लामा, महाभारत गाउँपालिका पार्टी सचिव कर्म लामा, तेमाल–६ का सभापति विकुलाल तामाङ, ९ का सभापति विलबहादुर तामाङ, रोशी–११ का सभापति मिनबहादुर रुचाल, विदुर वर्तौला लगायतले जनतासंग प्रत्यक्ष जोडिएर काम गर्न जनप्रतिनिधीहरुलाई अनुरोध गरे ।

    जवाफमा जनप्रतिनिधीहरुले घोषणापत्र अनुसार नै काम भइरहेको बताए । नमोबुद्ध नगर प्रमुख कुन्साङ आफुले पदवहाली गरेपछिको अवधीमा धेरै महत्वपूर्ण कामको शुरुवात भएको भन्दै छोटो समयमा धेरै आलोचना गर्न हतार हुने तर्क गरे । उनले जनप्रतिनिधीको कामको मुल्याकंन हुने बेला भएको भन्दै केन्द्र र प्रदेश सरकारसंग विकासे योजनाको लागि पहल गरिरहेको बताए । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले ६० बर्ष भन्दा माथिका नागरिकको स्वास्थ्य विमा लगायतका महत्वपूर्ण निर्णय भएको भन्दै सिमित श्रोत र साधनले असिमित चाहना पुरा गर्नुपर्ने बाध्यता रहेको सुनाए । तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले विकासका योजना लिएर आउन अनुरोध गर्दै विकासमा निराश नपार्ने प्रतिवद्धता जनाए । उनले स्थानीय तहको निर्वाचन परिणामको आधारमा प्रतिनिधीसभा र प्रदेश सभा निर्वाचनको लागि सिट बाडफाँड हुनुपर्ने बताए ।

    महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तानले कार्यपालिका बहुमत नहुँदा स्थानीय तहमा काम गर्न केही कठिनाइ हुने तर्क गरे । उनले अघिल्लो निर्वाचन र स्थानीय तहको निर्वाचन परिणामको आधारमा काभ्रे क्षेत्र नं १ को हक गठबन्धनले विवेक प्रयोग गर्नुपर्ने बताए ।

    कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस केन्द्रीय सदस्य रमा कोइराला पौडेलले जनप्रतिनिधिका गतिविधी, कार्यशैलीले पार्टी फाइदा वा बेफाइदा हुने भएकोले सुझबुझपुर्ण निर्णय लिन अनुरोध गरिन् ।

     

     

    प्रतिक्रिया दिनुहोस