२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

बिभिन्न कसुरमा फरार रहेका चार जना पक्राउ

  • २०७९ श्रावण ३०, सोमबार मा प्रकाशित १ साल अघि
  • २४५ पाठक संख्या
  • जिल्ला अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिइएका प्रहरीहरुले पक्राउ गरी जिल्ला अदालत पेश गरेका छन् ।

    पक्राउ पर्नेहरुमा कुटपिट गरे जरिवाना फैसला भएका भुम्लु ४ का बर्ष ५४ का धनबहादुर भन्ने दिल बहादुर पहरी , त्यस्तै बर्ष ५१ को बिना पहरी, सवारी ज्यान मुद्धामा कैद फैसला भएका सिन्धुपाल्चोकको न्द्रवती गाउँपालिका २ को लक्ष्मण भारती, त्यस्तै बहुविबाह मुद्धामा १ बर्ष ३ महिना कैद्य र १० हजार जरिवाना फैसला भएको रोशी गाउँपालिका ९ को बर्ष ३७ को रशमी लामा थिङ लाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको डिएस्पी ढुंडीराज न्यौपानेले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस