२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १३ पुग्यो, घाईतेको धुलिखेल र काठमाण्डौमा उपचार हुँदै

  • २०७९ अषाढ २१, मंगलबार मा प्रकाशित १ साल अघि
  • २४८ पाठक संख्या
  • रामेछापको लुभुघाटमा भएको बस दुर्घटनाका घाइतेमध्ये थप ४ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । घटनास्थलमा ९ र धुलिखेल अस्पतालमा ४ गरी बस दुर्घटनामा हालसम्म मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।

    उपचारका लागि धुलिखेल अस्पताल ल्याएका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए । मृत्यु हुनेमा सुनापति–५ का ३४ वर्षीय खड्कबहादुर विक र अन्य दुई जना पुरुष र एक जना महिला छन् ।

    घाईते मध्ये २० जनाको धुलिखेल अस्पताल र थप १ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिंकका अनुसार बा ३ ख ८३९६ को बस बिहान १० बजेतिर दुर्घटना भएको हो। गम्भीर घाइते ३ जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।

    प्रहरी प्रमुख थिङका अनुसार घटनास्थलमा मृत्यु हुने मा सुनापति गाउँपालिकाका समरिता तमाङ, ठुला तमाङ, खडक विक, कमला तमाङ, कान्छी माया भन्ने शुभलक्ष्मी, सन्जु आलेमगर तथा काभ्रेको रोशी गाउँपालिकाका सुदिप गजमेर रहेको छन् । बाँकी २ जनाको सनाखत हुन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस