२०८० मंसिर २२, शुक्रबार | Fri, 08, Dec, 2023

स्टार्ट अप ब्याटलमा काभ्रेबाट सरोज चौलागाईं प्रथम

  • २०७९ अषाढ १९, आईतबार मा प्रकाशित १ साल अघि
  • ७९९ पाठक संख्या
  • काभ्रे बनेपाको उग्रचण्डी पार्टी प्यालेसमा शनिबार  सम्पन्न स्टार्ट अप ब्याटल   प्रतियोगितामा मण्डनदेउपुर नगरपालिका घर भईहाल,काभ्रे बहुमुखी क्याम्पसमा आईटी पढिरहेका सरोज चौलागाईं प्रथम भएका छन्।

        कार्यक्रम आईटी ब्रीज स्टार्टअप हब नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको थियो जस्मा १० जना प्रतियोगी हरु सामेलभएका थिए,काभ्रे बाट विजयी भएका उनी देशभरका टप ५० प्रतियोगिको लिस्टमा छनोट भैसकेका छन्।

    स्टार्ट अप ब्याटल के हो किन?

    स्टार्ट अप ब्याटल अन्तर्राष्ट्रिय लेभलको प्रतियोगिता हो जस्मा सहभागी हरुबाट आफ्नो आफ्नो बिजनेस आईडिया प्रस्तुत गर्न लगाईसबै भन्दा उत्कृष्ट आईडियालाई कदर गर्दै पुरस्कृत गरिनेछ। यो प्रतियोगितामा हरेक देशबाट एकजनाले सहभागी हुन पाउनेछन् विश्वका ५० भन्दा बढी देश बिच अमेरिकामा प्रतियोगिता हुनेछ प्रथम हुनेलाई एक मिलिएन अमेरिकी डलर बराबरको रकम पुरस्कृतगरि इन्भेस्टमेन्ट स्वरुप प्रदान गरिनेछ।

    यो प्रतियोगिता विशेष गरि आईडिया भएका तर लगानी गर्ने क्षमता कम भएका हरुका लागि निकै उत्कृष्ट रहनेछ।

    प्रतिक्रिया दिनुहोस