२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

काभ्रेमा पालिका प्रमुखमा एमालेको पहिलो जित, धुलिखेल प्रमुखमा एमाले तथा उपप्रमुखमा काँग्रेस विजयी

  • २०७९ जेष्ठ ६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • १६३६ पाठक संख्या
  • धुलिखेलमा नेकपा एमालेले प्रमुख जितेसँगै काभ्रेमै पहिलो पालिका प्रमुख जितेको छ ।

    नेकपा एमालेका जिल्ला अध्यक्ष एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु धुलिखेल नगरपालिकामा नगरप्रमुखमा ८ हजार ३ सय ५१ मत ल्याएर विजयी भएका छन् । उनले स्वतन्त्र उम्मेदवार विदुर बस्नेतलाई ९ सय ४० मत्तान्तरमा पराजित गरे । बस्नेतले ७ हजार ४ सय ११ मत ल्याएका थिए ।

    त्यस्तै उपप्रमुखमा नेपाली काँग्रेसका निराजन जंगम १ सय ४७ मतान्तरमा विजयी भएका छन् । जंगमले ७ हजार ९ सय ३८ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी लालतारा अधिकारीले ७ हजार ७ सय ९१ मत प्राप्त गरिन ।

    धुलिखेलमा गठबन्धनबाट प्रमुखका उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका धुलिखेल नगर अध्यक्ष दया सागर श्रेष्ठले १८ सय १९ मत प्राप्त गरे ।

    काभ्रेका १३ स्थानीय तह मध्ये ११ वटाको परिणाम आएको छ । ११ मध्ये ६ वटा पालिकामा, माओवादी केन्द्र ३ वटा पालिकामा तथा नेकपा एकिकृत समाजवादी र एमाले १/१ वटा पालिकामा विजयी भएका छन् । गन्न बाँकी रहेको पाँचखालमा नेपाली काँग्रेसका उम्मेदवार महेश खरेल एमालेका उम्मेदवार कञ्चान अधिकारी झण्डै दोब्बर मतले अगाडी छन । त्यस्तै महाभारत गाउँपालिमा पनि माओवादी केन्द्रका उम्मेदवार कान्छालाल जिम्बा एमालेका उम्मेदवार पूर्णबहादुर वाईवा भन्दा दोब्बर मतले अगाडी छन् ।

    धुलिखेलमा धुलिखेलमा एउटै पदमा उम्मेदवार नउठेको र उठेको पद दुवैमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको पदको मत सदर मान्ने सहमति गरेको गनिएपनि वडा नम्बर ८ सम्मको मतगणना सके पछि वडा नम्बर ९ को गणनाको लागि निर्देशिकाको कुरालाई लिएर नयाँ नियम बनाएर मतगणना भएको थियो ।

    प्रतिक्रिया दिनुहोस