२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

बनेपा जुनियर जेसीजको अध्यक्षमा सृष्टि

  • २०७८ पौष ३०, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ५६५ पाठक संख्या
  • बनेपा जुनियर जेसीजको ३७ औं वार्षिक साधारण सभा तथा २७ औं शाखा अधिवेशनबाट सृष्टि शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

    वर्ष २०२२ को लागि अध्यक्षमा श्रृष्टी शाक्य, कार्यकरणी उपाध्यक्षमा विबेक पुरि र कृष्ण श्रेष्ठ तथा उपाध्यक्षमा रोनिश श्रेष्ठ, श्रेया मानन्धर, कुशल श्रेष्ठ र अभिनेश शाक्य निर्विरोध निर्वाचित भए । त्यस्तै कानुनी सल्लाहकारमा आयुष शाक्य, महासचिवमा रोजा शिल्पकार, कोषाध्यक्षमा श्रृष्टी श्रेष्ठ र तालिम संयोजकमा वन्जल श्रेष्ठ मनोनित भए । नव निर्वाचितले अध्यक्ष शाक्यले आफ्नो कार्यकालमा बनेपालाई नो हर्न सिटि बनाउन पहल गर्ने र नेतृत्व विकास तालिमहरु धेरै भन्दा धेरै गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

    बनेपाको गौतम भिलेज रिर्सोटमा भएको साधारण सभा वर्ष २०२१ का अध्यक्ष निर्जन गौतमको सभातित्वमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष प्रकाश कायस्थको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा जुनियर जेसीजका संस्थापक अध्यक्ष प्रकाश कायस्थले आफ्नो नेतृत्वमा स्थापना भएको संस्था आजको दिन सम्ममा झन परिस्कृत भएर कार्यहरु गरेकोमा खुसी भएको र यो संस्थाबाट उत्पादन भएका व्यक्तिहरुले नेपाल जेसीज सम्मको यात्रतय गरेकोमा आफुलाई गौरव महसुस भएको बताए । कार्यक्रममा काभ्रे जेसीज वर्ष २०२१ का अध्यक्ष सुवास बैधले जुनियर जेसीजले गरेको सहयोगको बारेमा प्रसंसा गर्दै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा गरेको बताए ।

    वर्ष २०२१ का अध्यक्ष निर्जन गौतमले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा काभ्रे जेसीज, काभ्रे महिला जेसीज र बनेपा जुनियर जेसीजका पूर्व अध्यक्ष, बोर्डका पदाधिकारि तथा सदस्यहरुमा धन्यवाद व्यक्त गरे । अधिवेशनमा शाखा अधिवेशन निर्देशक सुजन मर्हजनले उपस्थित सम्पूर्णलाई धन्यवाद दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस