२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

नेकपा एमाले काभ्रेको अध्यक्षमा अशोक व्याञ्जु सर्वसम्मत, अन्य पदमा चुनाव हुने

  • २०७८ पौष २४, शनिबार मा प्रकाशित २ साल अघि
  • ९८९ पाठक संख्या
  • नेकपा एमाले काभ्रेको अध्यक्षमा अशोक व्यान्जु सर्वसम्मत निर्वाचित भएका छन् ।

    एमाले काभ्रेको दशौं जिल्ला अधिवेशन अन्तर्गत बन्द सत्रमा पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले अध्यक्षमा व्यान्जु निर्वाचित भएको घोषणा गरे । अध्यक्षका अर्का दाबेदार नारायण पाण्डे पछि हटेसँगै ब्यान्जु निर्वाचित भएका हुन् । नारायण पाण्डेले आफ्नो दाबेदारी फिर्ता लिएसँगै ब्यान्जु सर्वसम्मत निर्वाचित भएको घोषणा बाँस्कोटाले गरेका थिए ।

    धुलिखेल नगरपालिकाका मेयर तथा नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहेका व्याञ्जु नेकपा विभाजन हुँदा उनी तत्कालिन समयमा केपी शर्मा ओली पक्षबाट अध्यक्ष बनेका थिए । एमाले विभाजनपछि पनि साविक अध्यक्ष टोकबहादुर वाइवा नेकपा एसतर्फ लागेपछि उनी नै अध्यक्ष थिए ।

    यस्तै उपसचिवमा रिता ढकाल निर्वाचित भएकी छन् । उनी तत्कालीन माओवादीबाट नेकपा हुँदै एमालेमा आएकी हुन् । उनका लागि दुईमध्ये एक उपसचिव पद सुरक्षित बनाइएको हो भने अर्को एक उपसचिवका लागि मतदान हुनेछ ।

    यस्तै समायोजन प्रकृयाबाट आएकाहरुलाई समेट्दै खुला तथा समावेशीतर्फ केहि जिल्ला सदस्य समेत सर्वसम्मत चयन भएका छन् । सर्वसम्मत भएकाहरुले पनि निर्वाचन प्रकृया पुरा गर्न भने उम्मेदवारी दर्ता गर्नुपर्ने भएको छ । बाँकी पदका लागि भोली मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

    भोलि आइतबार विहान ६ः३० देखी ८ः३० सम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । यस्तै ८ः३० देखी ९ः३० सम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने विहान १० बजे अन्तिम नामावली प्रकाशन हुनेछ । भोलि नै विद्युतीय भोटिङ मेसिन मार्फत मतदान हुनेछ ।

    प्रतिक्रिया दिनुहोस