२०७८ माघ ९, आईतबार | Sun, 23, Jan, 2022

काभ्रेमा कोरोना संक्रमितको दर बढ्दै, सचेत हुन आग्रह

  • २०७८ पौष २०, मंगलबार मा प्रकाशित २ हप्ता अघि
  • ११७ पाठक संख्या
  • केही दिन यता काभ्रेमा नयाँ कोरोना संक्रमितको संख्यामा बृद्धि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्याल काभ्रेका अनुसार काभ्रेमा आज थप १६ जनामा कोरोनाको नयाँ संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा गरीएको १७ वटा पिसिआर परीक्षणमा १२ जनालाई पोजेटिभ तथा ९ वटा एन्टिजेन  परीक्षणमा ४ वटा पोजेटिभ रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    यो थपिएसँगै काभ्रेमा १६ जना महिला र २२ जना पुरुष गरी ३८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

    योसँगै काभ्रेमा कुल कोरोना संक्रमितको संख्या १४ हजार ८ सय ७७ पुगेको छ । जसमध्ये १४ हजार ६ सय ४६ जना उपचारपछि संक्रमणमुक्त भएका छन् । अहिलेसम्म काभ्रेका १ सय ९३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

     

    प्रतिक्रिया दिनुहोस