२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

हाईड्रोको पाईप पड्किएर धुलिखेल २८ किलोका थापाको मृत्यु

  • २०७८ पौष १२, सोमबार मा प्रकाशित २ साल अघि
  • ६०५ पाठक संख्या
  • थुलुङ दुधकोशी गाउँपालिका-३ पञ्चनस्थित ८६ हाईड्रो पावर हाउसमा काम गर्ने क्रममा फलामको पाईपमा पानी हाली टेस्ट गर्दा पाईप अचानक पड्किँदा २ जनाको आइतबार साँझ मृत्यु भएको छ ।

    मृत्यु हुनेहरुमा धुलिखेल २८ किलोका अर्जुन थापा र अछाम घर भएका २६ वर्षीय सुवास राज रेग्मी छन् । पाईप पड्किँदा गम्भीर घाइते भएका उनीहरुलाई प्रभु एयरको हेलिकप्टरद्वारा मिसन अस्पताल ओखलढुंगातर्फ लैजाने क्रममा मृत्यु भएको हो । साथै घाइते भएका सिरहा औरही गाउँपालिका २ बस्ने २९ वर्षीय मोजावेतर राईनलाई उपचारका लागि सिम्रिक हेलिकप्टद्वारा ग्राण्डी अस्पताल ल्याइएको छ ।

    मृत्यु भएका थापा काठमाण्डौ विश्वविद्यालयका नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष हुन । उनको टिचिङ अस्पतालमा पोष्टमार्टम भईरहेको तथा अन्तिम संस्कारको लागि काभ्रे ल्याउने तयारी भएको जानकारी प्राप्त भएको छ ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस