२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

रोटारी क्लब अफ धुलिखेलको सहयोगमा भुम्लुमा मुटुको स्वास्थ्य परिक्षण शिविर

  • २०७८ पौष १२, सोमबार मा प्रकाशित २ साल अघि
  • ४५७ पाठक संख्या
  • भुम्लुमा मा रोटरी क्लब अफ धुलिखेलको सहयोमा मुटुको स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।

    शिविरमा १ सय ३७ जनाले मुटु परिक्षण गराएका थिए । शिविरमा ५५ जनाले इसिजी र ४३ जनाले इकोको उपचार गराएका छन् ।

    शिविरमा आएकालाई निःशुल्क औषधि पनि उपलब्ध गराइएको रोटरी क्लब अफ धुलिखेलका पूर्व अध्यक्ष रञ्जिव श्रेष्ठले जानकारी दिए । धुम्लुको वडा नं १० को समन्वयमा सञ्चालन गरिएको शिविरलाई नेपाल हृदयरोग निवारण, काभ्रेको प्राबिधिक सहयोग रहेको थियो ।

    जनतालाई धेरै लाभ पुराउने र हृदयरोगका कारण हुने अकाल मृत्युको सम्भावना कम गराउने उदेश्यले ग्रामिण क्षेत्रमा यस किसिमको शिविर सञ्चालन गरिएको रोटरी क्लब अफ धुलिखेलका पूर्व अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले आगामी दिनहरुमा यस किसिमका शिविर अन्य ठाउँमा पनि गर्ने जानकरी दिए ।

    प्रतिक्रिया दिनुहोस