२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

काभ्रेपलाञ्चोक बचतमा गठबन्धनको तर्फवाट जितेन्द्र नकर्मीको नेतृत्वमा प्यानल घोषणा

  • २०७८ पौष ९, शुक्रबार मा प्रकाशित २ साल अघि
  • १०५३ पाठक संख्या
  • काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिको २४औं साधारण सभा एवं अधिवेशन भोली शनिवार बनेपामा हुँदै छ ।

    २४ औं अधिवेशनमा सरकारमा रहेको गठबन्धनको प्यानलको नेतृत्व गर्दै लामो समय देखि सहकारी क्षेत्रमा क्रियाशिल जितेन्द्र नकर्मीको नेतृत्वमा प्यानल घोषणा भएको छ । २४ औं साधारण सभामा २४ बर्ष देखिनै सहकारी क्षेत्रमा रहेका नकर्मी अध्यक्षको रुपमा अगाडी बढेका छन् ।

    नकर्मि बचत संघमा २०६२ देखि २०६५ साल सम्म लेखा समिती सदस्य, २०६५ देखि २०६८ साल सम्म लेखा समिति संयोजक तथा २०६८ देखि हालसम्म कोषाध्यक्षको रुपमा नेतृत्व गरिसकेका व्यक्तित्व हुन । लामो समयको सहकारी क्षेत्रको अनुभवलाई आधर मानी काभ्रेका सरकारमा रहेका गठबन्धनका पार्टीहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको समर्थन रहेको छ ।

    गठबन्धनका तर्फवाट अध्यक्षमा नकर्मी, महिला उपाध्यक्षमा निर्मला श्रेष्ठ, सचिवमा सचिवमा सुरेन्द्र पौडेल, कोषाध्यक्षमा जीवन श्रेष्ठ, सहसचिवमा विकास वादे, संचालक समिती सदस्यहरुमा रुशन श्रेष्ठ, बाल कृष्ण दाहाल, गणेश कुमार तामाङ, दिल बहादुर भुजेल, ज्ञानेन्द्र कुमार तामाङ, महिला सन्चालक समिती सदस्य ज्ञानु दाहाल तथा लेखा समिति सदस्यमा कुमार प्रसाद मैनालीको उम्मेदवारी परेको छ ।

    प्रतिक्रिया दिनुहोस