२०७८ माघ ९, आईतबार | Sun, 23, Jan, 2022

नेपाली काँग्रेस काभ्रेको सभापतिमा तिर्थ लामा विजयी

  • २०७८ मंसिर १२, आईतबार मा प्रकाशित १ महिना अघि
  • १६९ पाठक संख्या
  • नेपाली काँग्रेस काभ्रे जिल्लाको सभापतिमा तिर्थ लामा विजयी भएका छन् ।

    नेपाली काँग्रेस काभ्रेको १४ औँ महाधिवेशनबाट १६ सय ४६ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी अच्युत पौडेलले ७ सय ७० मत ल्याएका थिए । त्यस्तै उपसभापतिमा ठाकुर प्रसाद न्यौपाने र रमेश प्रसाद हुमागाई निर्वाचित भए ।

    सचिवमा गुणराज मुक्तान र माधव ढकाल तथा सहसचिवमा रविन्द्र सिग्देल र समितर व्याञ्जु निर्वाचित भए ।

    त्यस्तै सदस्यहरुमा टुल्कु लामा, बद्री खकुरेल, दुर्गा अधिकारी, सरिता लामिछाने, सुजाता लामा, कल्पना ढकाल, दिपेन्द्र पौडेल, कुबेर सापकोटा, हरिस्चन्द्र अधिकारी, रिता लामा, जगन्नाथ गिरि, सन्त लामा, बिरु बम्जन, कृष्ण लामा, रुपा थापा, सनिता बजगाई, बलराम कोइराला, सिता खनाल, अनिता थापा, बालकृष्ण दाहाल, भोलाप्रसाद भट्टराई, रामकृष्ण चापागाईं, दिल लामा, जोगलाल लामा, ज्ञान् बहादुर लामा, अप्सरा ढुंगाना, राधिका श्रेष्ठ, इन्दिरा बुढाथोकी, सरस्वती श्रेष्ठ, चेत बहादुर लामा, चित्र गोले, हरि दुलाल, सन्तोष गौतम, कान्छा लामा, धनराज सुर्खेती, शान्ति लक्ष्मी श्रेष्ठ,सुन्तली लामा, हिराकुमारी लामा, रामप्यारी पोटे विजयी भए ।

    मिडियाचोक डटकम विजयी सबैलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछ ।

    प्रतिक्रिया दिनुहोस