२०७८ मंसिर १३, सोमबार | Mon, 29, Nov, 2021

नेपाल बन्दको पूर्वसन्ध्यामा विप्लवको बनेपा र पाँचखालमा मसाल जुलुस

  • २०७८ कार्तिक २९, सोमबार मा प्रकाशित १ हप्ता अघि
  • १०० पाठक संख्या
  • नेत्रविक्रम चन्द (विप्लव)का कार्यकर्ताले काभ्रेको बनेपा र पाँचखालमा मसाल जुलुस निकालेको छ ।

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा कार्यकर्ताले बनेपा र पाँचखालमा मसाल जुलुस निकालेका हुन् ।

    विप्लवले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध भोलि कार्तिक ३० गते नेपाल बन्द गर्ने घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गर्दै विप्लवले कार्तिक २५ गतेदेखि प्रर्दशन गर्दै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस