२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

चौंरीदेउरालीमा निःशुल्क स्वास्थ्य सेवा

  • २०७८ कार्तिक २८, आईतबार मा प्रकाशित २ साल अघि
  • ५६२ पाठक संख्या
  • काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका जनताले घरदैलोमै विभिन्न रोगको निःशुल्क स्वास्थ्य सेवा पाएका छन् ।

    गाउँपालिकाको आयोजनामा पालिकाको ३ स्थानमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेपछि स्थानीयले स्वास्थ्य सेवा पाएका हुन् ।

    जर्मन नेपाल सहयोग संघ र विकासका लागि एकतासँगको सहकार्यमा चावहिल डेन्टल अस्पता र नेपाल नेत्र ज्योति संघको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य जाँच तथा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

    विहिबारबाट वडा नं. २ को स्थित डिसीडब्लुसि अस्पताल नाग्रे गाउँपालिका अध्यक्ष दिननाथ गौतम र उपाध्यक्ष ताराकुमारी चौंलागाईंले संयुक्त रुपमा उद्घाटन गरेर शुरु भएको शिविर शनिबार वडा नं. ६ स्थित देउराली स्वास्थ चौकीमा आएर समापन भएको थियो । उक्त शिविरबाट २ हजार ७८ जना स्थानीयले सेवा लिएका छन ।

    विविरमा सामान्य स्वास्थ्य परिक्षण देखि स्त्रीरोग परिक्षण, दाँत परिक्षण, आँखा परिक्षण, भिडियो एक्सरे, स्वास्थय शिक्षा तथा परामर्श, औषधि वितरण गरिएको थियो । विशेष गरी ग्रामीण क्षेत्रमा रहेका विपन्न, ज्येष्ठ नागरिक, अस्पतालसम्मको पहुँच नभएका स्थानीयहरुले यस शिविरबाट लाभ लिएका छन् ।

    गाउँपालिका अध्यक्ष गौतमले जनताको स्वास्थ्य प्रति आफू र आफ्नो गाउँपालिका सधैं गम्भिर रहेको बताएका छन् । गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईंले जनताको घरदैलोमा स्वास्थ्य सेवा दिन निरन्तर प्रयत्नमा रहने बताइन् ।

    शिविरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामा, विकासका लागि एकताकाइन्चार्ज एकराज सापकोटा, कार्यकारी निर्देशक प्रदिप हुमागाई लगायतका सहभागी थिए ।

     

    प्रतिक्रिया दिनुहोस