२०७८ मंसिर १३, सोमबार | Mon, 29, Nov, 2021

शान्ति जन आदर्शको अध्यक्षमा पुनः शंखबुद्ध लामा

  • २०७८ कार्तिक २७, शनिबार मा प्रकाशित २ हप्ता अघि
  • ३५२ पाठक संख्या
  • शान्ति जन आदर्शको २३ औं बार्षिक साधारणसभा तथा आठौं अधिवेशनले शंखबुद लामाको अध्यक्षमा कार्यसमिति चयन भएको छ ।

    शनिबार धुलिखेलमा भएको अधिवेशनले उपाध्यक्षमा इश्वरी ओझा, सचिवमा राजेन्द्रप्रसाद अधिकारी, कोषाध्यक्षमा शान्ति लामा वाईबा, सहसचिवमा सुशिला नेपाली चयन भएका छन् ।

    त्यस्तै सदस्यहरुमा गोपाल थापा मगर, विष्णुमाया पुलामी, अन्जु रञ्जित केसी र सजय तामाङ निर्वाचित भए ।

    कार्यक्रमको उद्घाटन राष्ट्रिय योजना आयोगको सदस्य माननीय शलोनी प्रधान सिंहले गरेका थिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगको सदस्य माननीय शलोनी प्रधान, रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामा, ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समितिका कार्यकारी निर्देशक संजयकुमार मिश्र, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, नेपाल क्लाईमेन्ट चेन्ज संस्थाका मानबहादुर विक, केन्द्रका उपाध्यक्ष इश्वरी ओझा लगायतले मन्तब्य राखेका थिए ।

    संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष शान्ति लामा वाईवाले तथा प्रगति प्रतिवेदन निमित्त कार्यकारी निर्देशक शान्ति श्रेष्ठले प्रस्तुत गरेका थिए । उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सचिव राजेन्द्रप्रसाद अधिकारीले गरेका थिए ।

    २०४७ सालमा स्थापना भएको जिल्लाकै अग्रणी सामाजिक संस्था शान्ति जनआदर्श सेवा केन्द्रले खानेपानी, सरसफाई, भुकम्प पुननिर्माण, जीविकोपार्जन बारे काम गर्दै आईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस