२०७८ मंसिर १३, सोमबार | Mon, 29, Nov, 2021

बेथानचोक गाउँपालिका वडा नं ३ को कार्यालय भवन उद्घाटन

  • २०७८ कार्तिक २७, शनिबार मा प्रकाशित २ हप्ता अघि
  • ७९ पाठक संख्या
  • बेथानचोक गाउँपालिका वडा नं ३ को कार्यालय भवन उद्घाटन भएको छ ।

    कानुन, न्याय तथा संघीय मामिला मन्त्री दिलेन्द्र बडूले कार्यालय भवन र स्वास्थ्य चौकी भवनको उद्घाटन गरे ।

    कार्यक्रममा कानुन, न्याय तथा संघीय मामिला मन्त्री बढुले न्यायालयभित्रको विवाद आफै समाधान होस भन्ने चाहेको बताए । उनले बार र बेन्चबीचको विवाद तत्कालै समाधान भई जनताले न्याय पाउने बाटो अवरुद्ध नगर्न अनुरोध गरे ।

    सर्वोच्च, उच्च, जिल्ला अदालतमा वर्षौँदेखि पाउन नसकेको न्यायलाई सहज बनाउन मन्त्रालयले आवश्यक कानुन निर्माणको तयारी गरेको र संविधान अनुसार कानुन निर्माण हुन नसकेको कारण सरकारले निजामती विधेयक फिर्ता लिएर अध्यादेश ल्याउन लागेको बताए ।

    कार्यक्रममा नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्य, पूर्व राज्य मन्त्री कञ्चनचन्द्र बादे, गाउँ पालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना, गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने, नेकपा एमालेका नेता वेदप्रसाद तिमल्सिना, माओवादीका नेता बोधनाथ तिमल्सिना लगायतले मन्तब्य राखेका थिए ।

    कार्यक्रममा वडा अध्यक्ष दिल बहादुर श्रेष्ठले वडाले गरेका कार्यहरूका बारेमा जानकारी गराउँदै वडा कार्यालय निर्माणमा सहयोग पुर्‍याउनु हुने जग्गा दाता, व्यवस्थापन र सल्लाहकारहरूलाई सम्मान गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस