२०७८ मंसिर १३, सोमबार | Mon, 29, Nov, 2021

दाप्चामा पञ्चरत्न बुद्धको प्रतिमा

  • २०७८ कार्तिक २७, शनिबार मा प्रकाशित २ हप्ता अघि
  • १०५ पाठक संख्या
  • नमोबुद्ध–८ दाप्चामा पञ्चरत्न बुद्धको प्रतिमासहित साङ्गे म्हाने छ्योइलिङ स्थापना गरिएको छ ।

    शाक्यमुनि गौतमबुद्ध, अबलोकेश्वर (चेन्रेसी), मञ्जुश्री, बज्रपानी र गुरु पदमसम्भवको प्रतिमा एकै स्थानमा निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष यज्ञबहादुर लामाले जानकारी दिए ।

    धार्मिक आस्था र पर्यटन प्रवद्र्धन समेतको उद्धेश्यले करिब १ करोडको लागतमा निर्माण भएको लामाले जानकारी दिए । धुलिखेल हु“दै नमोबुद्ध आउने पर्यटकलाई दाप्चा, बरबोट सम्म ल्याउने र होमस्टको रुपमा विकास गर्ने सोच रहेको लामाले बताए ।

    लामाका अनुसार, नमोबुद्धमा गौतम बुद्ध पुग्नु अघि बरबोटमा बास बसेको इतिहासमा उल्लेख छ । बुद्धका तीन भाई नमोबुद्ध जाने क्रममा भाईले देहत्याग गरेको र दाजुहरु दुवैले सोही स्थानबाट हिंसा त्याग गरेको किवदन्ती छ ।

    २०७५ मसिंरमा निर्माण शुरु गरेपछि संघीय सांसद गंगाबहादुर दोङ्गको तर्फबाट २९ लाख, प्रदेश सांसद चन्द्रबहादुर लामाको तर्फबाट २० लाख, नमोबुद्ध नगरपालिका वडा नं ८ बाट २६ लाख, चन्दा, श्रमदान समेत गरी करिब १ करोडको लागतमा निर्माण सम्पन्न भएको हो । गुम्बा आसपास ढुंगा छाप्ने, शौचालय, पार्टी र अर्का दुई माने निर्माण गर्ने योजना रहेको अध्यक्ष लामाले जानकारी दिए । गूरु पद्मसम्भवको जन्मदिनको दिन कार्तिक दशमी तिथीमा सो स्थानमा जात्रा, मेला गर्ने तयारी गरिएको छ ।

    निर्माण सम्पन्न भएको बुद्ध पञ्चरत्नको प्रतिमा लामा गुरु टुल्कु लोसाङ्ग नाम्ग्याल रिम्पोचेले अनावरण सहित प्राण प्रतिष्ठा गरेका थिए ।

    संघीय सांसद गंगबहादुर दोङ्ग, प्रदेश सांसद तथा पूर्व मन्त्री चन्द्र लामा, नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिना, नेपाली काँग्रेस नमोबुद्ध नगर सभापति कुन्साङ्ग लामा, वडा अध्यक्ष शेरबहादुर तामाङ, स्थानीय राजनीतिक दलका नेताहरू, समाजसेवीहरूको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस