२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

एमाले महाधिवेशन प्रतिनिधि : काभ्रेमा ३४ जना चाहिनेमा १ सय ५ जनाको उम्मेदवारी

  • २०७८ कार्तिक २४, बुधबार मा प्रकाशित २ साल अघि
  • १०५४ पाठक संख्या
  • नेकपा एमालेको आगामी मंसिरमा १०-१२ मा चितवनमा हुने महाधिवेशनका लागि काभ्रेमा ३४ जना प्रतिनिधि छानिनु पर्नेमा १ सय ५ जनाको उम्मेदवारी परेको छ ।

    काभ्रेबाट कुल ३४ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । त्यसका लागि १ सय ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नंवर १ मा खुलातर्फ १० जना, महिला ४ र समावेशी १ गरी १५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् भने क्षेत्र नंवर २ मा खुलातर्फ १२ जना, महिला ५ जना र समावेशीतर्फ २ जना गरी १९ जना प्रतिनिधि चयन हुनेछन् ।

    निर्वाचन समितिका अनुसार क्षेत्र नंवर १ मा खुलातर्फ ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने महिलातर्फ ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नंवर १ मा समावेशीतर्फ गीता सुनुवार निर्विरोध भएकी छन् । क्षेत्र नंवर २ मा खुलातर्फ ३४ जना, महिलातर्फ १३ जना र समावेशीतर्फ ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    चुनावी प्रक्रियाअन्तर्गत बुधबार उम्मेदवारी दर्ताको काम सकिएको छ । उम्मेदवारी दर्ता गरेकाहरुले कार्तिक २६ गते दिउँसो ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने कार्यतालिका रहेको छ । सहमति हुन नसके कार्तिक २७ गते चुनाव हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस