२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

योग साधना केन्द्र केयूले देउसी भैलोबाट संकलन गरेको रकम सेवा घरलाई हस्तान्तरण

  • २०७८ कार्तिक २२, सोमबार मा प्रकाशित २ साल अघि
  • ७३७ पाठक संख्या
  • काठमाडौँ विश्वविद्यालय योग साधना केन्द्रले मानव कल्याण समाज काभ्रेको सहयोगार्थका लागि आयोजना गरेको देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।

    देउसी भैलोबाट संकलन भएको एक लाख अठाइस हजार दुई सय पचासी रुपैयाँ केन्द्रले मानव कल्याण समाजलाई हस्तान्तरण गरेको छ ।

    धुलिखेल नगरपालिकाको उपप्रमुख बिमला शर्मा चौलागाईंज्युको प्रमुख आतिथ्यतामा श्रीखण्डपुर चोकमा, धुलिखेल नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रबिन्द्र कर्माचार्य प्रमुख आतिथ्यतामा के।यु। चोकमा र बनेपा नगरपालिका वडा नम्बर ६ का वडा सदस्य कृष्ण मणी कुँइकेलको प्रमुख आतिथ्यतामा अठ्ठाइस किलो चोक गरि तीन स्थानमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको थियो ।

    शुभ दिपावलीको शुभ अवसरमा काठमाडौँ विश्वविद्यालय योग साधना केन्द्रले मानव कल्याण समाजको अक्षयकोष पनि स्थापना गरेको छ ।

    केयु योगसाधनाको तर्फबाट संयोजक सिता सेवेदी, कोषाध्यक्ष बिष्णु शर्मा र संरक्षक खाइबा लामाको अगुवाईमा देउसी भैलो कार्यक्रम आयोजना भएको थियो ।

    प्रतिक्रिया दिनुहोस