२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

काभ्रेमा कोरोनाका सक्रिय संक्रमित संख्या ३५ 

  • २०७८ कार्तिक ५, शुक्रबार मा प्रकाशित २ साल अघि
  • १२६२ पाठक संख्या
  • काभ्रेमा कोरोनाका सक्रिय संक्रमित संख्या ३५ मा झरेको छ ।

    पाँचदिन अघि  सोमबार ७१ जना सक्रिय संक्रमित रहेका काभ्रेमा शुक्रबार ३५ जनामा झरेको हो । मंगलबार ५४, बुधबार ३६, विहिबार ३७ जना सक्रिय संक्रमित रहेका काभ्रेमा आज शुक्रबार ३५ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

    आज ५ जना कोरोना संक्रमण पुष्टि भएको थियो भने ७ जना संक्रमण मुक्त भएका थिए । शुक्रबार थपिनेमा पिसिआर परिक्षणबाट पनौतीका १ र पाँचखालका ३ जना रहेका छन् भने एन्टिजेन विधिबाट गरिएको परिक्षणमा बनेपा र नमोबुद्धका १/१ जना संक्रमित थपिएका हुन ।

    यो संगै जिल्लामा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या १४ हजार ७०४ पुगेको छ ।

    काभ्रेका १३ पालिका मध्ये ७ वटा पालिकामा शुन्य संक्रमित छन् भने सबैभन्दा बढि बनेपा नगरपालिकामा ९ जना सक्रिय संक्रमित छन् । त्यस्तै पाँचखाल, पनौती र धुलिखेलमा ६/६ जना तथा नमोबुद्ध नगर र बेथानचोक गाउँपालिकामा ४/४ जना सक्रिय संक्रमित रहेका थिए ।

    यसैबिच काभ्रेका एक लाख ४९ हजार १८९ जनाले पूर्णमात्रा खोप लगाइसकेका छन् भने एकमात्र डोज लगाउनेको संख्या एक लाख ८९ हजार ४२८ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस