२०७८ मंसिर १३, सोमबार | Mon, 29, Nov, 2021

सिन्धुपाल्चोकमा बस दुर्घटना : यात्रुहरु झ्यालको सिसा फुटाएर निस्किए

  • २०७८ आश्विन २६, मंगलबार मा प्रकाशित १ महिना अघि
  • ७९० पाठक संख्या
  • सिन्धुपाल्चोकमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दोलखा जाँदै गरेको कान्तिपुर सुपर यातायातको बा ४ ख १८०२ नम्बरको बस सिन्धुपाल्चोकको  ७ किलोमा दुर्घटनामा परेको हो ।

    बसमा सवार कम्तीमा २० जना घाइते भएका छन,एक जना को अवस्था चिन्ताजनक रहेको छ। घाइतेको उपचारका लागि नजिकैको अस्पताल लैजाने काम भइरहेको छ । बढी भारका कारण गाडीले उकालोमा तान्न नसकेर पछि धकेलिएपछि दुर्घटनामा परेको हो ।

    बस रुखमा अड्किएपछि यात्रुले बसको सिसा तोडेर बाहिर निस्किएका थिए ।
    तस्वीर : दिनेश थापाको फेसबुक वालबाट ।

    प्रतिक्रिया दिनुहोस