२०७८ मंसिर १३, सोमबार | Mon, 29, Nov, 2021

रोशीका विद्यालय दशैं तिहार बीचमा पनि खुल्ने

  • २०७८ आश्विन २५, सोमबार मा प्रकाशित १ महिना अघि
  • १६८ पाठक संख्या
  • कोरोनाका कारण लामो समय विद्यालय बन्द भएपछि रोशी गाउँपालिकाले यस बर्षको दशैं तिहारको बीचमा हुने बिदालाई कटौती गरेको छ । बन्दाबन्दीका बीच पनि रेडियो, सिजियू, अनलाइन मार्फत कक्षा सञ्चालन गरेको थियो ।

    शिक्षा शाखा प्रमुख रामबहादुर तामाङ कोरोनाका कारण पठनपाठन प्रभावित भएकाले दशैं तिहारको बीचमा विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता आएको बताउनुभयो । पालिकाले दशैंको घटस्थापना देखी कोजाग्रत पूर्णिमा सम्म बिदा दिन आग्रह गरेको छ । यस अघि रोशीमा दशैंको घटस्थापना देखी तिहारपछि सम्म विद्यालय बिदा हुँदै आएका थिए ।

    त्यस्तै धुलिखेल नगरपालिका शिक्षा शाखाका प्रमुख माधवप्रसाद शर्माले भदौ २७ गतेबाट बालकक्षा देखी कक्षा ५ सम्मको र कक्षा ६ देखी माथिको असोज १३ गतेबाट मात्र प्रत्यक्ष विधिबाट पठनपाठन सुरु भएकोले दशैं तिहारको बीचमा पठन पाठन गर्न विद्यालयलाई निर्देशन दिएको जानकारी दिए । नगरले कोजाग्रत पूर्णिमाको भोलीपल्ट कात्तिक ४ गतेबाट कक्षा सञ्चालन गर्न सूचनामा मार्फत निर्देशन दिएको छ ।

    त्यस्तै तेमाल गाउँपालिकाले कोरोनाका कारण पठनपाठन नभएको र २०७९ को शैक्षिक सत्र बैशाखबाट नै सुरु गर्नुपर्ने भएकाले दशैं तिहारको बीचमा विद्यालय बन्द नगर्न निर्देशन दिएको छ । तेमाल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकालले घटस्थापना देखि कोजाग्रत पुर्णिामा सम्ममात्र विद्यालय बिदा दिन निर्देशन दिएक छन । कात्तिक ४ देखि १७ गते सम्म तेमाल गाउँपालिका भित्रका विद्यालय खुल्ने सूचनामा भनिएको छ । कुनै विद्यालय उक्त निर्णयको उल्लंघन गरेको पाइएमा कारवाही गर्ने पालिकाले चेतावनी दिएको छ ।

    कोरोना महामारीका कारण गत महिनादेखि मात्रै र पठनपाठन प्रभावित भएकाले दशैं बिदा छोट्टयाएको हो । लामो समयदेखि बन्द रहेका यहाँका विद्यालय गत भदौ अन्तिम साताबाट स्वास्थ्यका मापदण्ड पालना गर्दै सञ्चालनमा आएका थिए ।

    कोरोनाका कारण सहरी क्षेत्रका विद्यालय सञ्चालनमा आएका भएपनि ग्रामीण भेगका विद्यालय भने ठप्प भएका थिए । अधिकांश विद्यालय भदौ पछि मात्र भौतिक उपस्थितीमा सञ्चालनमा आएका छन ।

    प्रतिक्रिया दिनुहोस