२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

पूर्व प्रधानमन्त्री नेपालले भने ‘अघिल्लो सरकारले गरेका भ्रष्टाचार मुद्दाको छानबिन गर्न सरकारको ध्यानाकर्षण होस’

  • २०७८ आश्विन २३, शनिबार मा प्रकाशित २ साल अघि
  • ५८० पाठक संख्या
  • पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पुराना भ्रष्टाचार मुद्दाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    जिल्ला पार्टी कार्यालय उद्घाटन र दसैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको शुभकामना आदान-प्रदान गर्न शनिबार बनेपामा आयोजित कार्यक्रममा बोल्दै नेकपा एसका अध्यक्ष नेपालले अघिल्लो सरकारको पालामा यति होल्डिङस्‌, झापाको चिया बगान, ओम्नी , हवाइजहाज, औषधि खरिद प्रकरण बारे छानविन गर्न बर्तमान सरकारको ध्यानाकर्षण गराएका हुन । ‘अघिल्लो सरकारको पालामा भएका भ्रष्टाचारमा छानबिन भएन, ‘बरु प्रोत्साहन र ढाकछोप गर्ने काम भएको छ, यो सरकारले त्यसको एक/एक छानबिन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराउँछु ।’

    अधिंकाश समय नेकपा एमालेका अध्यक्ष ओलीका बारेमा मात्र भाषण गरेका थिए । उनले अब केपी ओली नसुध्रने बताए । ‘अहिले पनि केपी ओलीले माफी माग्छन् भने, गल्ती गरेको कुरा स्वीकार्छन् भने, आफ्नो कुर्सी बचाउन प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको ठान्छन् भने, पार्टीभित्र गलत तरिका अपनाएँ भन्ने मान्छन् भने, चालेका कतिपय काम गलत भएको मान्छन् भने, देशलाई राम्रोसँग हाक्न सकिएन, भ्रष्टाचारमा सरकार चुर्लुम्म डुब्यो, त्यसको जिम्मेवारी मेरो हो भन्ने स्वीकार्छन् भने त्यसपछि नयाँ ढंगले सोच्न सकिएला’, उनले भने, ‘तर, केपी ओली सुध्रिएलान् भन्ने मान्छे कसैले आशा गरेका छैनन् ।’

    नेपालले प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरू परिवर्तन हुने बताएका छन् । प्रदेश नम्बर एक र बागमती प्रदेशमा अब छिट्टै नै हाम्रो पार्टीको नेतृत्वमा मुख्यमन्त्रीसहितको सरकार बन्न गइरहेको कुरा तपाईंहरूलाई जानकारी गराउन चाहन्छु,’ नेपालले भने । कर्णाली प्रदेशमा ओलीको पार्टीलाई चुनौती दिँदै आफ्नो पार्टी सरकारमा सामेल भएको उल्लेख गर्दै उनले लुम्बिनी, प्रदेश २ र गण्डकीमा पनि छिट्टै सरकारमा सामेल हुने बताए ।

    कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, पूर्वसांसद शिवबहादुर देउजा, कांग्रेस जिल्ला सभापति मधुप्रसाद आचार्य, माओवादी केन्द्रका तेजबहादुर मिजार, क्रान्तिकारी माओवादीका कान्छाराम तामाङ, एकीकृत समाजवादी जिल्ला अध्यक्ष टोकबहादुर वाइबा, जिल्ला उपाध्यक्ष रहेका प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईं, वाग्मती प्रदेश कमिटी सदस्य कमला अधिकारीलगायतले प्रतिगमनका विरुद्ध एक ठाउँमा उभिनुपर्ने बताए । कार्यक्रमको सञ्चालन एसका सचिव दिपक गौतमले गरेका थिए ।

    कार्यक्रममा क्रान्तिकारी माओवादीका कान्छाराम तामाङले गाई काटेर खान पाउनुपर्ने बताएका थिए ।

    नेकपा एस काभ्रेको कार्यलय उद्घाटन

    एकिकृत समाजवादी पार्टीको को कार्यलय उद्घाटन भएको छ । एसका अध्यक्ष माधव कुमार नेपालले पार्टीकार्यालयको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा नेकपा एकिकृत समाजवादिका नेता पूर्व संसद शिवबहादुर देउजा, संविधान सभा सदस्यद्धय कृष्ण प्रसाद सापकोटा, बिदुर सापकोटा, पार्टी जिल्ला कमिटिका अध्यक्ष टोक बहादुर वाईबा प्रदेश सभा सदस्यद्धय बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, पाटी जिल्लाका सचिव दिपक गौतम, युवा संघ नेपालका केन्द्रिय सचिव भेषराज शाह, विद्यार्थीका जिल्ला अध्यक्ष बदन भण्डारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस