२०७८ मंसिर १३, सोमबार | Mon, 29, Nov, 2021

नेपाल बैंक बनेपाको दशैं तिहार शुभकामना कार्यक्रम

  • २०७८ आश्विन २३, शनिबार मा प्रकाशित १ महिना अघि
  • १३५ पाठक संख्या
  • नेपाल बैक लिमिटेड बनेपा शाखाले शुक्रबार विजया दशमी एवं दीपावलीको शुभ कामना आदान प्रदान कार्यक्रम तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।
    बैक र ग्राहकको सबन्ध दिगो राख्न र बैकले उपलब्ध गराएको नेपाल बैकको सेवाहरूको बारेमा जानकारी दिने उद्देश्यका साथ आयोजना गरिएको बैकका शाखा प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिए ।
    कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले अन्य बैक सँग नेपाल बैकले प्रतिस्पर्धा गर्नु पर्ने र आफ्नो पुरानो बैकको साख पनि जोगाउनु पर्ने विषयमा चर्चा गरेका थिए। उप्रेतीले अहिले बनेपा नगरमा फोहर हटाउन र अरनिको राजमार्ग व्यवस्थित बनाउन नसकेकोमा आफू निरीह भएको बाध्यता सुनाए।
    नेपाल बैक लिमिटेड बनेपा शाखाका प्रबन्धक सन्तोष श्रेष्ठले विद्यमान अवस्थामा नेपाल बैकको चुनौती , बैक र ग्राहक बिचको समन्ध , बैकको गरिमालाई सधैँ उच्च राख्नु पर्ने आजको आवश्यकता रहेको बताए। उनले बैक कर्मचारीहरूको दायित्व र जिम्मेवारीको बारेमा प्रकाश पार्दै ग्राहक बर्गले बैक र कर्मचारीकोहरुको बाध्यकारी कमी कमजोरीहरू बुझी दिन आग्रह गरे ।
    कार्यक्रममा बैकसँग सम्बन्धित व्यक्तिहरूले सल्लाह सुझावहरू दिनुका साथै नेपाल बैक बनेपा शाखाको बारेमा छलफल गरिएको थियो।
    भूत पूर्व कर्मचारीहरूको तर्फबाट बोल्दै पूर्व शाखा प्रबन्धक अर्जुन प्रसाद बन्जाराले बैक खुसी भएमा मात्र कर्मचारी खुसी हुन सक्ने बताए ।
    नेपाल बैकका पुराना सेवाग्राही राजाराम धौबडेलले आफूले सानै देखी नेपाल बैंक थाहा पाएको र बैंकमा २०२८ सालमा खाता खोलेको स्मरण गरे।
    कार्यक्रमको सञ्चालन बैक कर्मचारी भीम सापकोटाले गरेका थिए

    प्रतिक्रिया दिनुहोस