२०७८ मंसिर १३, सोमबार | Mon, 29, Nov, 2021

नेका पाँचखाल नगर समितिको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

  • २०७८ आश्विन २१, बिहिबार मा प्रकाशित १ महिना अघि
  • २०० पाठक संख्या
  • नेपाली काँग्रेस पाँचखालको नवनिर्वाचित नगर समितिले  निवर्तमान पदाधिकारीहरुलाई सम्मान तथा विजया दशमी तथा दिपावलिको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

    नेपाली काँग्रेसका क्षेत्रीय सभापति एवं पाँचखाल नगरप्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व नगरसभापति संजय तामाङले गरेका थिए ।

    कार्यक्रममा क्षेत्रीय सभापति एवं पाँचखाल नगरप्रमुख महेश खरेलले बजेटको सुनिश्चितता नभएको योजनाको बजेट काँग्रेस सरकारले काटेको भनेर भ्रम सिर्जना गरेको बताए । कम्युनिष्ट सरकारले बजेटको सुनिश्चितता नभएको योजना, रातो किताबमा सकेत उल्नेख नगरेका योजनाहरु काटेको भन्दै भ्रम सिर्जना गरेको खरेलको भनाई छ । ‘बजेटको सुनिष्चितता नभएको योजनामा बजेट परेको भनि भ्रमको खेती गर्दै हिडे, जनता समक्ष झुटको खेती गर्दै हिड्नेले रातो पुस्तिकको कति नं पेजमा उल्लेख गरेको बजेट काटीएको भनि भन्न सक्नु पर्छ ।’ – खरेलले भने ।

    कार्यक्रममा प्रधानमन्त्रीका प्रसाशनिक सल्लाहकार जनार्जन नेपाल, पुर्व क्षेत्रीय सभापति शुन्दरमणि आचार्य, पाँचखाल नगरका उपप्रमुख लक्ष्मी दनुवार, महांसमिति सदस्य डा.राम थपलिया, महांसमिति सदस्य हेम लामा, क्षत्रिय उपसभापति बेल लामा, संघिय क्षेत्रिय उपसभापति मान वहादुर तमाङ, जिल्ला सदस्य अर्जुन प्रसाद सापकोटा, महांधिवेशन प्रतिनिधि सुनिता तामाङ, प्रदेश क्षेत्रिय सहसचिव सुन्दर तमाङ, पाँचखाल निवर्तमान नगर सभापति गणेश अधिकारी, निवर्तमान नगर समिति सचिब राजाराम पौडेल, क्षत्रिय प्रतिनिधि डा.सुधार अधिकारी, नगर उपसभापति अच्युतराज उप्रेती, वडा समितिको तर्फबाट राम कृष्ण दंगाल, वडा अध्यक्षहरुको तर्फबाट किरण श्रेष्ठ लगाएतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यक्रमको सञ्चालन नगर सचिव सुनिल लुईटेलले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस