२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

पाँचखालमा सबै प्रकारका टायरहरु पाउने गरी पलाञ्चोक मोटर पार्टस सञ्चालनमा

  • २०७८ आश्विन २१, बिहिबार मा प्रकाशित २ साल अघि
  • १३६५ पाठक संख्या
  • घटस्थापनाको अवसरमा सबै प्रकारका टायरहरु पाउने गरी पलाञ्चोक मोटर पार्टस प्रा.लीको स्थापना भएको छ ।

    ब्यवसायीहरु शेरबहादुर कुँवर, तारा दुलाल र सज्जन सापकोटाले पाँचखाल ४ मा तामाघाटमा मोटरसाईकल, ट्रयाक्टर, बस, मिनिबस, साना गाडीहरु, टिपर लगायतका सवारी साधनका टायर तथा ट्युव होलसेल र खुद्रा मुल्यमा उपलब्ध गराउने गरी मोटर पार्टस सञ्चालनमा ल्याएका हुन ।

    २५ लाख रुपैया लगानीमा शुरु गरिएको मोटर पार्टसमा विभिन्न प्रकारका टायरहरु उपलब्ध छन् । विहिबार एक कार्यक्रमका विच नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, बागमती टिपर ब्यवसायी संघका अध्यक्ष सुरेश खत्री, सिइएटी टायरको नेपाल प्रतिनिधि राजपाल चड्डा लगायतले पार्टसको उद्घाटन गरे ।

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेका विभिन्न स्थानमा गुड्ने सवारी साधनहरुका लागि उपयोग हुने टायर तथा ट्युवका लागि पलाञ्चोक मोटर पार्टस सहज हुने प्रोपाईटर शेरबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार क्रेटा, एमआरएफ, एपोलो, सिइएटी, एटिएफ, विकेटी लगायतका टायर र ट्युवहरु उपलब्ध छन् ।

    प्रतिक्रिया दिनुहोस