२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

चण्डेनी मण्डन स्वास्थ्य चौकीको पक्की भवनको शिलन्यास

  • २०७८ आश्विन १९, मंगलबार मा प्रकाशित २ साल अघि
  • ४३० पाठक संख्या
  • मण्डनदेउपुर नगरपालिका बडा नं १० मा रहेको चण्डेनीमण्डन स्वास्थ्य चौकीको पक्की भवन बन्ने भएको छ ।

    भवनको एक कार्यक्रमका विच स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले शिलन्यास गरे । भुकम्पले पुरानो संरचनामा क्षति पुगेपछि भारत सरकारको सहयोगमा नयाँ भवन बन्न लागेको हो ।

    २ करोड ८२ लाख, ६५ हजार १२१ रूपैयाँ लागतमा निर्माण हने भवन १८ महिनामा निर्माण सम्पन्न हुने मण्डनदेउपुर वडा नं १० का अध्यक्ष बिष्णुमणि नेपालले जानकारी दिए ।
    वडा अध्यक्ष नेपालले स्वास्थ्य चौकीको पक्की भवन बनेपछि वडावासीले स्वास्थ्य सेवामा थप पँहुच पुग्ने भएकोले त्यहाँ डाक्टरको दरबन्दी थप गर्न स्वास्थ्य राज्यमन्त्रीलाई अनुरोध गरे ।

    कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारले पहिलो प्राथमिकतामा कोराना विरुद्धको खोप भएकोले त्यसैमा केन्द्रीत रहेर कार्य गरेको र जनतालाई खोप लगाउने सुनिश्चितता गरेको जानकारी दिए । साढे २ महिनाको अवधिमा १ करोड डोज खोप ल्याएको जानकारी दिँदै चैत्र मसान्त सम्ममा नेपाललाई कोरोना पूर्ण खोप घोषणा गर्ने जानकारी दिए । सरकारले १८ बर्ष भन्दा कम उमेरका बालबच्चाहरुको लागि खोप सुनिश्चिततामा लागेको जानकारी दिँदै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले दशै लगत्तै १ लाख डोज खोप आउने र बालबच्चालाई आवश्यक पर्ने १ करोड डोज खोप मंसिर–पुष सम्ममा लगाईसक्ने जानकारी दिए ।

    कार्यक्रममा प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार जनार्दन नेपाल, नेपाली काँग्रेस काभ्रेका उपसभापति अच्युत पौडेल, मण्डनदेउपुर नगरका प्रमुख प्रशासकीय अधिकृत प्रणरााज न्यौपाने, जिल्ला आयोजना कार्यान्वयन ईकाई भवन काभ्रेका प्रमुख सन्तोष निरौला, ठेकेदार कम्पनीका प्रमुख राजेश गौतम, नगर कार्यपालिका सदस्य गिता नेपाल लगायतले स्वास्थ्य चौकीको गुणस्तरीय भवन निर्माणका बारेमा मन्तब्य राखेका थिए ।

    काभ्रे जिल्लामा ११ वटा नेपाल सरकार र १२ वटा भारत सरकारको आर्थिक सहयोगमा स्वास्थ्य चौकी निर्माण भैरहेको छ । त्यस मध्ये प्रतिष्ठा शिवालय जेभिले बनेपामा १, खानीखोलामा २, पनौतीमा १, मण्डनमा १ र महाभारतमा १ गरी ६ वटा स्वास्थ्यचौकीको भवन निर्माण गर्ने ठेक्का पाएको छ । ६ वटा स्वास्थ्यचौकी बनाउन १७ करोड ७३ लाख २२ हजार ९७५ (भ्याट बाहेक) ठेक्का लागेको छ ।

    प्रतिक्रिया दिनुहोस