२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

पनौती नगरको कार्यपालिका बैठक काँग्रेस जनप्रतिनिधिद्वारा बहिस्कार

  • २०७८ आश्विन १८, सोमबार मा प्रकाशित २ साल अघि
  • ८४२ पाठक संख्या
  • पनौती नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले कर्यपालिका बैठक बहिस्कार गरेका छ्न ।

    सोमबार नगरको १३१ औं बैठक नेपाली काँग्रेस निकट वडा अध्यक्षहरुले बहिस्कार गरेका हुन ।

    विधि प्रक्रिया नमान्ने, जनताको दु:खमा साथ नदिने, जनताको माग्मा कुनै सुनुवाइ नगर्ने गरि एकलौटी तरिकाबाट बैठक बसेकोले बहिस्कार गरेको वडा नं ६ का अध्यक्ष सुधीर सापकोटाले जानकारी दिए ।

    वडा अध्यक्षहरु सुधीर सापकोटा, रामचन्द्र नास्नानी, केशब बन्जारा, सहकुल हुमागाइ, तारामान लामा तथा वडा नं १० को कार्यबाहक अध्यक्ष सरिता अधिकारीको हस्ताक्षरमा बिज्ञप्ती निकालेर बैठक बहिस्कार गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस