२०७८ मंसिर १३, सोमबार | Mon, 29, Nov, 2021

बागमती टिपर व्यवसायी संघको अध्यक्षमा सुरेश खत्री

  • २०७८ आश्विन १५, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • २३३ पाठक संख्या
  • बागमती टिपर व्यवसायी संघको दशौं अधिवेशनबाट सुरेश खत्री अध्यक्ष चुनिएका छन् ।

    बनेपामा भएको दशौं अधिवशनवाट बरिष्ठ उपाध्यक्षमा नविन बैद्य, उपाध्यक्षहरुमा नरेन्द्र वादे र ठाकुर गौतम, सचिवमा राजेश खत्री, कोषाध्यक्षमा नारायणकृष्ण श्रेष्ठ, सह सचिवमा राजनप्रसाद पौडेल, सह कोषाध्यक्षमा निर्मल चयन भए ।

    त्यस्तै सदस्यहरुमा पूर्णबहादुर श्रेष्ठ, विजय कार्की, दिपक अधिकारी, सुन्जित तामाङ, टिकाप्रसाद हुमागाई, सुदर्शन खत्री, बद्रि पुर्कुटी लगायत चयन भएको बागमती टिपर व्यवसायी संघका कार्यालय प्रमुख प्रकाश कायस्थले जानकारी दिए ।

    शुक्रवार भएको अधिवेशनको राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले उद्घाटन गरेका थिए ।

    समितिको निर्वाचनको लागि नेपाल उद्योग बाणिज्य संघका केन्द्रय सदस्य सुरकृष्ण बैद्यको संयोजकत्वमा निर्वाचन समिति बनेको थियो ।

    प्रतिक्रिया दिनुहोस